Search This Blog

Wednesday, June 23, 2021

प्रेरक प्रसँग , समयको महत्व

 

प्रेरक प्रसँग , समयको महत्व

सबै मानिसले समयलाई समान महत्व दिएको हुँदैन । पाएको समयको कसैले सही सदुपयोग गर्दछन् भने कसैले दुरुपयोग गर्दछन् । कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले बुझ्दैनन् । समयको कदमलाई छलेर छल्न सकिन्न । आफ्नो कदम अनुकुल बनाउन समयलाई बुझ्नुपर्दछ ।

पैसा र समय गलत ठाउँमा लगाउनु भयो भने कहिल्यै पनि प्रगतिपथमा वढ्न सकिन्न । आज तपाईंसँग समय, शक्ति र सामाथ्र्य छ तर त्यो भोलि तपाईंलाई यसले पर्खन सक्दैन । भोलि इच्छा शक्ति भएर पनि तपाईँले केही गर्न सक्नुहुन्न । आजको समयलाई सही ठाउँमा लगानी गर्नु पर्दछ ताकि भोलि समयको साँवा सहित व्याज पनि प्राप्त गर्न सकियोस । समयको विकाससंगै तपाईंलाई मुनाफा पनि प्राप्त होस् ।

कुमालेले काँचो हिलो माटोलाई विभिन्न आकार दिएर जसरी सुन्दर र आकर्षक भाँडोको रुप दिन्छ । आज विद्यार्थी भाइबहिनीहरुको अवस्था त्यस्तै छ । समय हिजो भन्दा अलि फरक छ । हिजो विद्यालय पोषकमा सजिएर विद्यालय जाने ससाना नानी बाबुहरु आज मोवाईल, ल्यापटप जस्ता ग्याजेटमा अल्मलिने गरेका छन् । अहिलेको महत्वपूर्ण समय मोवाईल, ल्यापटप जस्ता ग्याजेटमा, विभिन्न गेममा र फेसबुक स्क्रोल गरी वा युट्युबमा झुण्डिएर समयको वास्ता गरिएन भने टिकटकमा भुलियो भने त्यसले हाम्रो भविष्यमा गम्भीर क्षति गर्छ । सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नु पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न । तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सवै बेलामा पुगोस ।

एक पटक एकजना विद्यार्थी आफुलाई अध्ययनमा आवश्यक पर्ने पुस्तक किन्न गए । उसलाई विश्व ईतिहासको पुस्तक चाहिएको थियो । उसले सो पुस्तक खोज्न धेरै दुःख गरे । विभिन्न पुस्तक पसलमा पुगे । आसपासमा भएका सवै पसलमा पुस्तक खोजे । पुस्तक खोज्दा खोज्दा उनी पुस्तक खोज्न छोड्ने मनसायमा पुगे । किनभने उनले धेरै पुस्तक पसलमा धेरै ठूलो एरियामा आफूलाई चाहिने पुस्तक खोजी सकेका थिए , तर पाउन सकेनन् । उनलाई एकातिर पुस्तक नपाएको झोक थियो भने अर्कोतिर थकानले हैरान र लखतरान भएका थिए । उनी विच बाटोमा एकछिन आराम गरेर बसे । एक्कासी उनको आँखा आफू बसेको सामुन्नेमा रहेको पुस्तक पसलमा पर्यो । उनले यो पुस्तक पसल अन्य पुस्तक पसल भन्दा अलि भिन्दै र फरक खालको देखे । अब यहींनेर पुस्तक पसल छ भने अन्तिम पल्ट कोशिश गरी हेरमन त भनेर त्यो पुस्तक पसलमा गए । अन्ततोगत्वा उसले आफूले लामो समय लगाएर सयौं पसलमा नपाएको उक्त विश्व ईतिहासको पुस्तक भेटाए । पुस्तक लिए पछि काउण्टरमा बसेको मानिससँग उसले पुस्तकको मोल सोधे । काउण्टर क्लर्कले उक्त पुस्तकको मुल्य पचास सेन्ट भएको बताए । उनलाई त्यो पुस्तकको मुल्य अलि महंगो लाग्यो । उसले त्यो पुस्तकको मोल अलिकलि कम गरि ४८ सेन्ट गरिदिन अनुरोध गरे तर काउटरमा बस्ने क्लर्कले सो कुरा मानेनन् । पटकपटक अनुरोध गर्दा पनि उसले त्यो पुस्तक कम मुल्यमा नपाउने भयो । त्यसपछि उसले पसलेलाई त्यो पसलको मालिक वा साहुजीलाई बोलाईदिन कर गरे । पसलेले मालिकलाई बोलाउन नसकिने कुरा गर्यो तर धेरै करकर गरेकोले साहुजीलाई बोलाउन उसलाई करै लाग्यो । काउण्टर बोईले मालिकलाई बोलाईदियो । धेरै जोडबल र जबर्जस्ती गरेपछि मात्र त्यो मानिसले पुस्तक पसलको मालिकलाई बोलाइदियो ।

मालिक आएपछि उसले भन्यो सुन्नुहोस त यो पुस्तकको मूल्य कति होला, तपाईंको काउटरमा बस्ने काउण्टर बोईलाई ५० सेन्ट पुस्तकलाई २ सेन्ट कम गरी ४८ सेन्ट गर्नुहोस न भनेको मान्नु भएन अतिकति मिलाएर यो पुस्तकको मूल्य कति तिर्नु पर्ने हो थोरै छुट गरेर भनिदिनुस् न भन्यो । पसलको मालिकले सो पुस्तकको मुल्य ६० सेन्ट पर्छ भने पछि त्यो विद्यार्थी झनै अवाक भयो । भखैरै तपाईको कामदारले ५० सेन्ट भनेको थियो , तपाई त पसलको साहुजी हो अलिक मुल्य कम गरिदिनुहुन्छ भनेर पो हजुरलाई अनुरोध गरेको त भनेर उसले बतायो । पुस्तकको मोल तपाईले अलिकति भए पनि कम गरिदिनु होला भनेको त पुस्तकको मूल्य थपेर झन् किन ६० सेन्छ पुराउनुभयो भनि प्रश्न गरे । तपाईको कामदारले सले ५० सेन्ट भनेकोले तपाईले कम गरिदिनु हुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताबपसलका मालिकले उत्तर दिंदै भने ५० सेण्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मुल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यतिनै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहुजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मुल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने ।

आलश्यमा समय विताउनु भनेको जीन्दगी बरबाद पार्नु हो र उमेर जानु हो, काल कुर्नु हो । आजको काम भोलि भनेर टाल्नु भनेको तपाईले आफ्नो कामलाई टालेको होइन, आफ्नो भाग्य टालेकोहो । यो संसारमा त्यो धनी मानिस कोही छैन, जस्ले आफ्नो वितेको समय खरिद गर्न सकोस र संसारमा त्यो गरिब मानिस कोही छैन , जस्ले आफ्नो भाग्य बदल्न नसकोस् ।


Article Link: 
https://edupatra.com/news/motivational-context-importance-of-time/

Tuesday, June 22, 2021

समयको महत्व प्रेरक प्रसङ्ग

 

Nagarik News - Nepal Republic Media

८ असार २०७८ मंगलबार
कला

समयको महत्व

प्रेरक प्रसङ्ग

लक्ष्मण श्रेष्ठ

 

सबै मानिसले समयलाई समान महत्व दिएको हुन्न । कसैले समयको सदुपयोग गर्दछन् भने कसैले फाल्तु काममा समयको दुरुपयोग गर्दछन्। कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले बुझ्दैनन्। समयको कदमलाई छलेर छल्न सकिन्न। आफ्नो कदम अनुकूल बनाउन समयलाई बुझ्नुपर्दछ । पैसा र समय गलत ठाउँमा लगाउनुभयो भने कहिल्यै पनि प्रगतिपथमा वढ्न सकिन्न। आज तपाईंसँग समय, शक्ति र सामथ्र्य छ तर त्यो भोलि तपाईंसँग हुन्न । भोलि तपाईसँग न समय हुनेछ, न जवानी, न सामथ्र्य वा न पैसा ।  आजको समयलाई सही ठाउँमा लगानी गर्नु पर्दछ, भोलि समयको साँवा सहित व्याज पनि प्राप्त गर्न सकियोस् र समयको विकासका साथै तपाईंलाई मुनाफा पनि प्राप्त होस्। अहिलेको महत्वपूर्ण समय मोवाइल, ल्यापटप जस्ता ग्याजेटमा, विभिन्न गेममा र फेसबुक स्क्रोल गरी वा युट्युबमा झुन्डिएर समयको वास्ता गरिएन भने टिकटकमा भुलियो भने त्यसले भोलि क्षति मात्र दिन सक्छ। सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नु पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न। तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सबै बेलामा पुगोस ।  

एक पटक एकजना विद्यार्थी आफूलाई अध्ययनमा आवश्यक पर्ने पुस्तक किन्न गए । उसलाई विश्व इतिहासको पुस्तक चाहिएको थियो। उसले सो पुस्तक खोज्न धेरै दुःख गरे । विभिन्न पुस्तक पसलमा पुगे। आसपासमा भएका सबै पसलमा पुस्तक खोजे। पुस्तक खोज्दा – खोज्दा उनी पुस्तक खोज्न छोड्ने मनसायमा पुगे । किनभने उनले धेरै पुस्तक पसलमा धेरै ठूलोे एरियामा आफूलाई चाहिने पुस्तक खोजि सकेका थिए  तर पाउन सकेनन् । उनलाई एकातिर पुस्तक नपाएको झोक थियो भने अर्कोतिर थकानले हैरान र लखतरान भएका थिए । उनी वीच बाटोमा एकछिन आराम गरेर बसे । एक्कासि उनको आँखा आफू बसेको सामुन्नेमा रहेको पुस्तक पसलमा पर्यो । उनले यो पुस्तक पसल अन्य पुस्तक पसलभन्दा अलि भिन्दै र फरक खालको देखे। अब यहींनेर पुस्तक पसल छ भने अन्तिम पल्ट कोसिस गरी हेरम न त भनेर त्यो पुस्तक पसलमा गए ।

 आखिरमा उसले आफूले लामो समय लगाएर सयौं पसलमा नपाएको उक्त विश्व इतिहासको पुस्तक भेटाए । पुस्तक लिएपछि काउन्टरमा बसेको मानिससँग उसले पुस्तकको मोल सोधे । काउन्टर क्लर्कले उक्त पुस्तकको मूल्य पचास सेन्ट भएको बताए । उनलाई त्यो पुस्तकको मूल्य अलि महँगो लाग्यो । उसले त्यो पुस्तकको मोल अलिकलि कम गरी ४८ सेन्ट गरिदिन अनुरोध गरे तर काउटरमा बस्ने क्लर्कले सो कुरा मानेनन् । पटकपटक अनुरोध गर्दा पनि उसले त्यो पुस्तक कम मूल्यमा नपाउने भयो । त्यसपछि उसले पसलेलाई त्यो पसलको मालिक वा साहूजीलाई बोलाइदिन कर गरे । पसलेले मालिकलाई बोलाउन नसकिने कुरा गर्यो तर धेरै करकर गरेकाले साहूजीलाई बोलाउन उसलाई करै लाग्यो । काउन्टर बोइले मालिकलाई बोलाइदियो । धेरै जोडबल र जबर्जस्ती गरेपछि मात्र त्यो मानिसले पुस्तक पसलको  मालिकलाई बोलाइदियो ।

 मालिक आएपछि उसले भन्यो सुन्नुहोस् त यो पुस्तकको मूल्य कति होला,  तपाईंको काउन्टरमा बस्ने काउन्टर बोइलाई ५० सेन्ट पुस्तकलाई २ सेन्ट कम गरी ४८ सेन्ट गर्नुहोस् न भनेको मान्नु भएन अलिकति मिलाएर यो पुस्तकको मूल्य कति तिर्नुपर्ने हो थोरै छुट गरेर भनिदिनुस् न भन्यो । पसलको मालिकले सो पुस्तकको मूल्य ६० सेन्ट पर्छ भनेपछि त्यो विद्यार्थी झनै अवाक् भयो । भर्खरै तपाईको कामदारले ५० सेन्ट भनेको थियो, तपाई त पसलको साहूजी हो अलिक मूल्य कम गरिदिनुहुन्छ भनेर पो हजुरलाई अनुरोध गरेको त भनेर उसले बतायो। पुस्तकको मोल तपाईंले अलिकति भए पनि कम गरिदिनु होला भनेको त पुस्तकको मूल्य थपेर झन् किन ६० सेन्छ पुरयाउनुभयो भनी प्रश्न गरे । 

तपाईको कामदारले ५० सेन्ट भनेकाले तपाईले कम गरिदिनुहुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताब पसलका मालिकले  उत्तर दिंदै भने ५० सेन्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मूल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यति नै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहूजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मूल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने।

आलस्यमा समय बिताउनु भनेको जिन्दगी बरबाद पार्नु हो, उमेर जानु हो र काल कुर्नु हो । आजको काम भोलि भनेर टाल्नु भनेको तपाईले आफ्नो कामलाई टालेको होइन, आफ्नो भाग्य टालेको हो। यो संसारमा त्यो धनी मानिस कोही छैन, जसले आफ्नो बितेको समय खरिद गर्न सकोस् र संसारमा त्यो गरिब मानिस कोही छैन, जसले आफ्नो भाग्य बदल्न नसकोस् ।  

प्रकाशित: ८ असार २०७८ १३:२६ मंगलबार

Link of article: 
https://nagariknews.nagariknetwork.com/arts/557851-1624347685.html

Monday, June 21, 2021

कोरोनाको कहर, सिक्ने सिकाउने अवसर

कोरोनाको कहर, सिक्ने सिकाउने अवसर

  चैत १२, २०७६ बुधबार १४:३९:३३ | लक्ष्मण श्रेष्ठ
unn.prixa.net

छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको आतङ्कले अहिले युरोप र अमेरिकालगायत संसारलाई सताएको छ । विश्व प्रतिरक्षात्मक र यो भाइरस आक्रामक अवस्थामा रहेको यस विषम परिस्थितिमा नेपालले पनि गर्नुपरेको ‘लकडाउन’को कारण आ–आफ्नो घरभित्र बस्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयावह रहेको बताइरहँदा चैत ११ गतेदेखि चैत्र १८ सम्म नेपालमा पनि ‘लकडाउन’ सुरु भएको छ । तर स्थितिमा आशातित सुधार हुन नसकेमा यो लम्बिने प्रबल सम्भावना भएकोले आफ्नो कार्यतालिकामा परिवर्तन गरी आफू र आफ्ना बालबालिकालाई घरमै ज्ञान, सीप र सिर्जनात्मक काम सिक्न र सिकाउन सकिन्छ ।  

कोरोना भाइरसबाट सुरक्षित रहन सजग र सतर्क रहनु नै नेपाल र नेपालीका लागि सबैभन्दा उत्तम विकल्प हो । ‘लकडाउन’मा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र प्रशस्त समय हुने भएकोले यो फुर्सदको समयमा अभिभावक तथा उनीहरुका बावुनानीहरुले गर्नुपर्ने तथा गर्नसक्ने केही कामहरुलाई छोटोमा यहाँ चर्चा गर्न खोजिएको छ । राम्रो र असल सोचे मानिस असल बन्छ, नराम्रो र खराब सोचे खराब बन्छ । त्यसैले संकटको यो घडीमा बालबालिका, घरपरिवार र समाजलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा जीवनोपयोगी सीप सिक्न र सिकाउन यो समय धेरै उपयोगी हुन सक्छ । 

नकारात्मक भावना हटाएर सकारात्मक सोचका साथ अगाडि बढ्न यो समय उपयोगी हुन सक्छ । Norman Vincent Peale ले भनेको भनाइ ‘Change your thoughts and you can change your world’ ले विचार, भावना र कल्पना अनि योजना असल भयो भने सबै प्रकारका समस्या, नकारात्मक अवस्था, विपत्ति र महामारीमा पनि सकरात्मक नतिजा निकाल्न सकिन्छ भन्ने बुझिन्छ । यो अवस्थामा घरपरिवारका सदस्य तथा विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासँगै कतिपय सीप विकास तथा शैक्षिक उपलब्धिका कामहरु सिकाउन सकिन्छ ।

- कोरोनाबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक जानकारीमात्र बालबालिकासँग शेयर गर्ने । 
- कोरोनाबारे उचित भिडिओ देखाउने र रेडियो समाचार हरेक बेलुकी सुनाउने । 
- अनावश्यक हल्ला र गलत सूचना तथा अफवाहबाट अविचलित बनाउन सन्तुलित भूमिका निर्वाह गर्ने ।
- स्वास्थ्यसम्बन्धी छलफल र व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
- घरको फोहोर व्यवस्थापन र सरसफाइका लागि कार्य विभाजन गर्ने ।
- घरका कामहरु सँगै गर्ने । 
- वृद्धवृद्धाको स्याहारको लागि योजना बनाउने र त्यसमा बालबालिकालाई सहभागी गराउने ।
- घरबाट निस्केर बाहिर भिडभाडमा जान नदिने ।
- घरको रङ्गरोगन, छेस्किनी र चुकुल आदि मर्मत सम्भारको काम गर्ने ।
- फुलबारी, बगैँचा, गमला र करेसाबारीको काम गर्ने ।
- घरायसी काम मिलेर कुन दिन र कुन समयमा कसले गर्नेबारे निर्धारण गर्ने ।
- बिहानदेखि बेलुकासम्मको दैनिक कार्ययोजना बनाउन लगाउने, सबैले देख्ने ठाउँमा टाँस्ने र त्यसको नियमित प्रयोग गर्ने गराउने ।
- घरमा भएका पुस्तकहरु जम्मा गरेर सानो पुस्तकालय बनाउने ।
- स्कुल र कलेज पढ्नेहरुले घरमा भएका पुस्तकहरु पढ्ने तालिका र पढेको वा सिकेको कुरा साटासाट गर्ने ।  
- कोरोना भाइरस के हो र यसबाट कसरी बच्ने भन्नेबारे सिक्ने, सिकाउने ।
- माथिल्ला कक्षामा पढ्ने छोराछोरीले साना कक्षाका बालबालिकालाई सिकाउने, घुलमिल हुने वातावरण बनाउने 
- हरेक सदस्यका असल र खराब पक्षका बारेमा लिखित वा मौखिक सल्लाह लिने र दिने ।
- अनुमानित वा सालाखाला वर्षभरि गर्ने र गर्न सकिने कामको सूची वा वार्षिक कार्ययोजना बनाउने ।
- वार्षिक कार्ययोजना र कार्यक्रमहरुलाई समयबद्ध बनाउन लगाउने ।
- वार्षिक रुपमा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण र भण्डारण गर्न लगाउने ।
- कम्प्युटर र ल्यापटपको प्रयोग गरी अनलाइन शिक्षा, आइसिटी र अन्य प्रोग्राम सिक्ने र सिकाउने ।
- एन्ड्रोइड स्मार्ट फोन प्रयोग गरी शब्द भण्डार, व्याकरण र साहित्य सिक्ने सिकाउने ।
- कमजोर विषयमा टेलिकन्फरेन्स, इमेल र फोनका माध्यमबाट बालबालिकालाई सबल र सक्षम बनाउने ।
- शिक्षामा विज्ञान र प्रविधिको प्रयोगबारे घरायसी कार्यशाला चलाउने ।
- घरायसी काममा मनोरञ्जन र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने 
- खेर गएका वस्तु र खेर जाने वस्तुहरुको प्रयोगबाट पुनः प्रयोगको लागि सीप सिक्ने र सिकाउने ।
- शिक्षाका सफ्टवेयरहरु सिक्ने सिकाउने र त्यसमा समय व्यवस्थापन गर्ने ।
- सिकाइ सुधारका लागि व्यक्तिगत योजना बनाउने ।
- पुराना प्रश्नहरु सङ्कलन गर्ने र समाधान गर्ने ।
- नेपालका भाषा, संस्कार, संस्कृति, पहिचान र इतिहासबारे जानकारी लिने दिने ।
- सामाजिक सम्बन्ध, भातृत्व, नैतिकता र आचारणबारे शिक्षा लिने दिने ।
- विद्यार्थीका लागि सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगबाट कक्षा सञ्चालन गर्ने 
- बालबालिकाको ज्ञान र शिक्षा प्राप्त गर्ने अवसरलाई विस्तार गर्ने ।
- खाना बनाउने, घरसफाइ गर्ने र लुगा धुने काममा सहभागी गर्ने गराउने ।
- अनलाइन, अफलाइन तथा भर्चुअल कक्षा र बाबुआमाको प्रत्यक्ष निगरानीमा सामाजिक सञ्जालमा कक्षा सञ्चालन र व्यवस्थापन गर्ने ।
- कार्यमूलक अनुसन्धान, परियोजना कार्य र घटना अध्ययनजस्ता क्रियाकलापमा बालबालिकालाई संलग्न गराउने ।
- घरभित्र खेलिने खेल खेल्ने, खेलाउने र मनोरञ्जनको अवसर लिने दिने ।
- अभिभावकहरुले पढेमा मात्रै बालबालिकाले पढ्ने भएकाले पुरानै भए पनि पत्रपत्रिका र कथाका पुस्तकहरु पढ्ने ।
- दिनभरि आफूले गरेका घरायसी र शैक्षिक कामको विवरण टिप्ने र परिवारमा प्रस्तुत गर्ने ।
- आउँदो सत्रमा हुने पढाइबारे अनलाइन, अफलाइन तथा सर्च इन्जिनहरुबाट खोजेर नोट बनाउने ।
- छोराछोरीलाई आवश्यकताका आधारमा साथीको समूहमा पठनपाठनका विषयमा भिडिओ च्याट गराउने ।
- बालबालिकालाई खेलकुद, गीत, सङ्गीत, टेलिसिरियल, चलचित्र, भिडिओ हेर्न टेलिभिजनको समय बनाउने ।
- बिहान उठ्नेदेखि राति सुत्नेसम्मको दैनिक कार्यतालिका बिग्रेमा बेला बेलामा सम्झाउने ।
- समयमा खाजा र खाना खाने ।

(श्रेष्ठ कागेश्वरी मनोहरामा रहेको श्री बालविकास माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।) 

अन्तिम अपडेट: जेठ २९, २०७८


Article Link: 

https://ujyaaloonline.com/story/34575/2020/3/25/coronavirus-epidemic-situation-and-opportunities?fb_comment_id=2884688824907763_2902324606477518 







विद्यालय अभिभावकको पनि हैन र ?

  विद्यालय अभिभावकको पनि हैन र ? माघ २२, २०७९    लक्ष्मण श्रेष्ठ 1.4k Shares Home is the first school and parents are the best teachers for ...