Search This Blog

Wednesday, July 12, 2023

विद्यालय अभिभावकको पनि हैन र ?

 

विद्यालय अभिभावकको पनि हैन र ?

After SEE Portal 2023

Home is the first school and parents are the best teachers for a child.

अभिभावक शिक्षालाई विद्यालय सुधारको मुल मन्त्रको रूपमा लिनु पर्ने आजको आवश्यकता हो । अभिभावकलाई संलग्न नगरी विद्यालयको परिकल्पना गर्न सकिन्न । असल र अब्बल विद्यालयका लागि अभिभावकको सकृय नेतृत्व र सहायता अनिवार्य छ ।

I Tech store

बालवालिकाहरूको शिक्षा घरबाट सुरू हुन्छ । अभिभावकहरू तिनीहरूका पहिलो शिक्षक हुन र बालवालिकाहरूको जीवनलाई सार्थक आकार दिन तिनीहरूको पहिलो र मुख्य भूमिका हुन्छ । घर र विद्यालयमा शिक्षाको सन्तुलनले विद्यार्थीको वास्तविक सिकाइलाई परिणाममुखी बनाउँछ, सिकाइ दिगो र जीवनोपयोगी बन्दछ ।

उनीहरूको शैक्षिक यात्रामा पहिलो र महत्त्वपूर्ण सहयोगी हात अभिभावकहरू नै हुनुहुन्छ । उनीहरूसँग साँचो प्रेरणाको साथ यात्रा गर्न सकेमा विद्यालयको उन्नतिमा अभिभावक एकाकार भएर लाग्न सक्छन् । सफल विद्यार्थीहरूमा अभिभावकको प्रोत्साहनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । उनीहरूको भूमिका घरमा मात्र सीमित छैन, विद्यालय गतिविधिहरूमा पनि संलग्न छ ।

Thuprai - Books and E-books

बालबालिकाको सिकाइ मापन र सुधारका लागि घरमा बालवालिकाहरूलाई कसरी व्यवहार गरिन्छ भन्ने कुरासँग धेरै सम्बन्धित छ । अभिभावक वा आमाबाबुले आफ्नो बच्चाको शिक्षामा मद्दत गर्न धेरै विधि र तरिकाहरू अपनाउन सक्छन । अभिभावक एक रोल मोडेलको रूपमा नरहेसम्म विद्यार्थीको भविष्य अन्धकार रहन्छ । बालबालिकाहरू आफ्ना आमाबाबुले गर्ने कामबाट सजिलै प्रेरित हुन्छन । त्यसैले उनीहरूको सिकाइका सवै चरणमा पनि कसरी रोल मोडल बनाउने भन्ने कुरा समेत विद्यालयले सोच्न जरूरी भएकोछ । विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षक भन्दा धेरै अभिभावकको भूमिका रहन्छ ।

आमाबाबु बच्चाको पहिलो शिक्षक हुन र त्यसैले घरमा सिकेका कुराहरूले उसको सिकाई र शैक्षिक उपलव्धीमा समेत सहयोग गर्दछ । विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरेमा उनीहरूको विद्यालय जीवन रोमाञ्चक तथा रोचक मात्रै हुने हैन मानव सभ्यता नै अर्थपूर्ण र प्रभावकारी हुन्छ । बाल मैत्रीपूर्ण व्यवहार र मार्गदर्शनले वालवालिकाहरूलाई प्रेरित गर्नु आजको आवश्यकता हो ।

सँगै बसेर छलफल गर्ने, सुख दुख शेयर गर्ने, पढ्ने, पढ्न नसके पनि पढ्न सहयोग गर्ने अनि अन्य प्रकारका कार्यहरू पनि आमाबाबुसँग मिलेर गर्नाले उनीहरूलाई उर्जा प्राप्त हुन्छ । पारिवारिक अपनत्व प्राप्त हुन्छ । बालवालिकामा सहकार्य, समर्थन र आत्मविश्वासको भावना दिन्छ । पाठहरू सँगै पढ्नु विद्यालयमा बच्चाको सिकाइसँग नजिक हुने विभिन्न तरिकाहरू मध्ये एक उत्तम तरिका हो । यसले उनीहरूको सामथ्र्यमा सुधार गर्दछ । उनीहरूमा थप पढ्नको लागि रूचि र चाहना जगाउँदछ ।

विद्यालय हातामा सामुदायिक पुस्तकालय खोल्नु, अभिभावक शिक्षालाई र अभिभावकलाई विद्यालय तथा पठनपाठनसँग जोड्नु अर्को उपाय हुन सक्छ । कक्षाकोठाका पाठहरू भन्दा अन्य जीवनोपयोगी थप ज्ञान प्राप्त गर्न आवश्यक थप मद्दतको लागि पुस्तकालयमा सँगै गएर गुणस्तरीय पुस्तकहरू पढि त्यसमा रहेका अन्तर्यहरू साटासाट गर्ने अभ्यास एक असल अभ्यास र राम्रो विचार हुन सक्छ । अभिभावकले पढ्न नसकेपनि बालवालिकाले पढेर सुनाउने र विचार विमर्श गर्ने, तर्क वितर्क गर्ने गरेमा असल अभ्यासको विकास हुन सक्छ । अभिभावक जीवित पुस्तकालय हुन् । तसर्थ यो अवसरलाई उपयोग गर्दै विद्यालयले उनीहरूका जीन्दगीभरका अभ्यास र सिकाईलाई थोरै सयममा नयाँ पुस्तामा स्थानान्तरण गर्न सकिन्छ ।

बच्चाको गतिविधिको निरीक्षण गर्नु आजको पहिलो आवश्यकता हो । विद्यालय र घरमा बच्चाको गतिविधिमा नजर राख्नु र आवश्यक सहयोग गर्नु महत्त्वपूर्ण छ । तिनीहरूको सामान्य बानीहरूमा थप सहायता भएमा उत्कृष्ट बानीको रूपमा तिनै बानीहरूको विकास हुन सक्छ तर सहायता र निगरानी नभएको अवस्थामा क्रमशः खराव वानीले असल बानीलाई हटाईदिन सक्छन् र शिक्षाको गुणस्तरियता तथा उपलव्धी शुन्य तर्फ वढ्न सक्छ ।

बालवालिकाहरूले आफ्नो अध्ययनमा के कस्ता व्यवहार कसरी प्रदर्शन गर्छन, दैनिकी कसरी वितेको छ भन्ने कुराले अधिक महत्त्व राख्दछ । बाल्यकालदेखि नै कुनै पनि असामान्य व्यवहारलाई सच्याउनु हामी सवैको जिम्मेवारी हुन आउँछ । विद्यालयको लागि असल विद्यार्थी र देशका लागि असल नागरिक बन्न प्रेरित गर्ने गराउने काममा अभिभावकको पहिलो र महत्त्वपूर्ण भूमिका रहन्छ । तिनीहरूलाई उनीहरूको दिनचर्यामा सहयोग गर्नुका साथै असल सिकाइका लागि अभिभावन आवश्यक हुन्छ ।

अभिभावकलाई विद्यालय तथा विद्यार्थीको सिकाइसँग कसरी जोड्न सकिन्छ ? विद्यालयको मात्र नभई समग्र शिक्षाको परिवर्तन र विकासका लागि अभिभावकहरूको सकृय सहभागितका लागि के गर्न सकिन्छरु यस सँग विद्यालयको वर्तमान अवस्था र कार्यक्रम के छ ? देश भित्र र वाहिरका विभिन्न विद्यालयका के कस्ता अभ्यासहरू छन् हाम्रो पूर्वीय समाजका असल अभ्यासहरू के के थिए र ती  अभ्यासहरू कसरी लागू गरिएको थियोरु तिनीहरूमध्ये के के अभ्यासहरू प्रयोग गर्न सकिन्छरु अब के के कार्यक्रम गर्न आवश्यक छरु यसको विधि तरीका र अभ्यासहरूलाई कसरी संगठित गर्न सकिन्छ ? जस्ता प्रश्नको जवाफ खोज्न आवश्यक छ ।

इतिहासलाई अध्ययन गर्दा विगतको शिक्षा असल र अब्बल हुनुको पछाडि विद्यालयको सवै काममा अभिभावकको सहायता र नेतृत्वले काम गरेको कुरा अनुसन्धानले देखाएको छ । स–साना काममा समेत अभिभावक सकृय हुँदा विद्यालयको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर अब्बल रहेको मीठो इतिहास हामी सँग छ तसर्थ अभिभावकहरूको पुनरागमन र सहायताले मात्र छोटो समयमा विद्यार्थीहरूमा सकरात्मक तथा आशातित परिवर्तन गर्न सकिन्छ ।

लेखक श्रेष्ठ सामुदायिक विद्यालयमा अध्यापनरत माध्यमिक तहको स्थायी शिक्षक हुन।

original Link: 

https://edupatra.com/news/isn-and-39t-the-school-for-the-parents/

विद्यार्थी र सक्रिय सुनाइ

 

विद्यार्थी र सक्रिय सुनाइ

After SEE Portal 2023

सक्रिय सुनाइ बिना असल सिकाइ हुने कुरा परिकल्पना गर्न पनि सकिँदैन । विद्यार्थीलाई सक्रिय स्रोता बनाउन सकिएमात्र शिक्षण क्रियाकलाप सफल हुन्छ । शिक्षकले विद्यार्थी संलग्नता र सहभागितालाई बढाउने, उनीहरुलाई प्रोत्साहित गर्ने विभिन्न रणनीति र तरिका प्रयोग गरी सक्रिय सुनाइलाई सुदृढ गर्न सकिन्छ । यसका लागि त्यस्ता केही उपयोगी तथा प्रभावकारी विधि के के हुन सक्छन् भन्ने बारेमा यसमा चर्चा गर्ने प्रयास गरिएको छ । क) विद्यार्थीको इच्छा वा चाहना थाहा पाउनेसक्रिय सुनाइ के हो ? किन यो आवश्यक छ ? यसको के महत्व छ ? जस्ता विषय विद्यार्थीलाई स्पष्ट नभएसम्म उनीहरू सक्रिय सुन्नको लागि तयार हुँदैनन् । यसमा ध्यान दिएर सुन्ने वा केन्द्रित गर्ने, आँखाको माध्यमबाट प्रतिक्रिया दिने, आँखामा आँखा जुधाएर हेर्ने, आँखाको भाषा बोल्ने, इसारा गर्ने, टाउको  निहुराउने र उचित प्रतिक्रिया दिने जस्ता विषय समावेश छ भने त्यो सक्रिय सुनाइ हुन्छ ।

ख) उद्देश्य र सान्दर्भिकता स्पष्ट पार्नेविद्यार्थीलाई उनीहरूको दीर्घकालीन सिकाइ, सिकाइ उपलब्धि वृद्धि र शैक्षिक सफलताको लागि किन सक्रिय सुनाइ आवश्यक छ भनेर बुझ्न मद्दत गर्नुहोस् । बुझाउनुुहोस् । यसले विद्यार्थीको बोध, समझ, आलोचनात्मक सोच र सञ्चार क्षमता बढाउँछ भन्ने कुरामा सचेत बनाइदिनुहोस् ।

I Tech store

ग) नमुना प्रदर्शन गर्नेशिक्षक आफैं संलग्न भएर मोडलको रुपमा व्याख्यान, छलफल वा प्रस्तुतीकरणको समयमा सक्रिय सुन्न सुनाउन कसरी सकिन्छ भनेर देखाउनु जरुरी छ । ‘बडी ल्याङ्वेज’, ‘आइ कन्ट्याक्ट’ जस्ता कुराको प्रयोग सक्रिय सुनाइमा कसी हुन्छ भनि देखाउन सकिन्छ । के बोल्ने, कसरी बोल्ने, जवाफ के कसरी दिने जस्ता कुरा शिक्षकले गरेर देखाउनु आवश्यक हुन्छ । सक्रिय सुनाइ के हो र योसँग व्यवहार कसरी गर्ने भन्ने कुरा स्पष्ट पार्नु जरुरी हुन्छ ।

घ) अन्तरक्रियात्मक शिक्षण विधि प्रयोग गर्नेपरम्परागत विधिको ठाउँमा विद्यार्थीलाई सक्रिय सिकाइ गतिविधिमा संलग्न गराएमा सक्रिय सुनाइ हुन्छ । यसले गर्दा उनीहरूलाई ध्यानपूर्वक सुन्न र सक्रिय रूपमा प्रतिक्रिया दिन आवश्यक हुन्छ ।  समूह छलफल, बहस, समस्या समाधान गर्ने अभ्यास र सक्रिय सुन्न तथा सहभागितालाई उत्तेजित गर्ने ‘ह्यान्ड्स–अन’ गतिविधि समावेश गर्नु आवश्यक छ ।

Thuprai - Books and E-books

ङ) मल्टिमिडियाको प्रयोगभिडियो, पोडकास्ट र अन्तरक्रियात्मक अनलाइन प्लेटफर्ममा पाइने सामग्रीजस्ता अनलाइन र आइसिटीमा आधारित मल्टिमिडिया स्रोत प्रयोग गरे सक्रिय सुनाइ हुनसक्छ । सिकाइ अनुभवलाई फरक पार्न, यसमा आशातित सुधार गर्न यी यस्ता स्रोतले सहयोग गर्दछ । विद्यार्थीको ध्यान खिच्न, बुझ्ने क्षमता बढाउन र सक्रिय सुन्न प्रोत्साहित गर्न सक्छन् ।

च) नोट गर्ने गतिविधिको प्रयोगसुनेर विद्यार्थीलाई बुँदा टिपोट गराउने, केही कुरा बुझेको नोट लिने, नबुझेको कुरा सोध्न नोट लेख्ने जस्ता रणनीति प्रयोग गर्न सकिन्छ । यसका लागि ‘माइन्ड म्यापिङ’ गर्ने क्रियाकलापमा ध्यान दिनु आवश्यक हुन्छ ।

छ) सुन्ने र सोच्ने चिन्तनशील प्रश्न प्रयोग गर्नेविद्यार्थीलाई सुनेर केही गर्ने, लेख्ने, बोल्ने जस्ता क्रियाकलाप गर्न लगाउनु आवश्यक छ । पहिला ध्यान दिएर सुन्ने र सुनेपछि कल्पना गर्न, विचार गर्न, सोच्न उत्प्रेरक प्रश्न तयार गरेमा सक्रिय सुनाइमा सहजै परिवर्तन गर्न सकिन्छ । सुनाइसँगै सक्रियता र संलग्नता बढाउँदै, उनीहरूलाई आफ्ना विचार, व्याख्या र अन्तर्दृष्टि ‘सेयर’ गर्ने प्रोत्साहन दिनु आवश्यक हुन्छ ।

ज) कक्षाकोठाको वातावरण तयार गर्नेकक्षाकोठा सम्बन्धित कार्यका लागि उपयुक्त, साधन सम्पन्न, सुरक्षित र सम्मानजनक हुनु जरुरी हुन्छ । वातावरणले सिकाइलाई ठूलो असर र प्रभाव पार्छ । विद्यार्थीले आफ्ना विचार व्यक्त गर्न सहज महसुस गर्छन् । सबै विद्यार्थीको सक्रिय सहभागितालाई प्रोत्साहन दिनुपर्छ । उनीहरूको सुनाइ सीपको विकास गर्न र आवश्यक सुधार गर्न मद्दत गर्न शिक्षकले सही, सकरात्मक र रचनात्मक प्रतिक्रिया प्रदान गर्नु आवश्यक हुन्छ ।

झ) उपयुक्त अभ्यासको प्रयोगशिक्षकले विद्यार्थीका लागि विशेष र आकर्षक प्रकारको गतिविधि समावेश गरेमा मात्र उनीहरुमा सक्रिय सिकाइ कौशलको विकास हुन्छ । उदाहरणका लागि अभ्यास सञ्चालन गरेपछि त्यसको सारांंश वा व्याख्या गर्न लगाउने । सो सम्बन्धमा अन्य कुरा थप गर्न लगाउने गर्न सकिन्छ ।

ञ) मूल्याङ्कन गरी प्रतिक्रिया प्रदान गर्नेनियमित रूपमा क्विज, असाइनमेन्ट, प्रस्तुतीकरण वा कक्षा सहभागितामार्फत विद्यार्थीहरूको सुन्ने सीपको मूल्याङ्कन गरी उनीहरूलाई उनीहरूको राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा मद्दत गर्ने, समयमै र रचनात्मक प्रतिक्रिया दिने गर्नु जरुरी छ ।हामीले याद गर्नुपर्ने कुरा के हो भने सक्रिय सुनाइका सीपको विकास गर्न सकिन्छ तर यसका लागि समय लाग्छ र धेरै अभ्यास गर्न गराउन जरुरी हुन्छ । माथि उल्लेखित तरिका, विधि वा रणनीतिलाई निरन्तर रूपमा लागू गरेर र सहयोगी सिकाइ वातावरण सिर्जना गरेर सक्रिय सुनाइ गर्न सकिन्छ । हामीले विद्यार्थीलाई उनीहरूको सुन्ने क्षमता विकास गर्न र सक्रिय स्रोता बन्न सकारात्मक साथ सहयोग र मद्दत गर्नु पहिलो काम हुन आउँछ ।

लेखक प्रधानाध्यापक तथा अङ्ग्रेजी विषयका शिक्षक हुन् ।


Original Link: 
https://edupatra.com/news/students-and-active-listening/

गुरुका गुरुत्तर कार्य

 

गुरुका गुरुत्तर कार्य

After SEE Portal 2023

समय सँगै पाठ्यक्रममा परिमार्जन हुनु परिवर्तन हुनु प्राकृतिक कुरा हो । यो नियम सम्मत र समयको माग हो । तर शिक्षकहरु उक्त पाठ्यक्रममा भएको परिमार्जन सँग वहने, त्यसमै पौडने र त्यसलाई परख तथा पारख गर्ने कुरामा अपडेटेट हुन सकेका  छैनन् । शिक्षकमा अध्ययनशिलता कमी भएको छ । उसलाई पाठ्यक्रममा के छ रु पाठ्यक्रम र सोसँग सम्वन्धित विषयमा के हुदैछ वा के हुन पर्छ वा के हुनेवाला छ भनेर अरुले बताउनु पर्ने भएको छ । यो गुरुवर्गमा रहेको विद्यमान समस्या हो ।

पाठ्यक्रम अनुसार र पाठ्यपुस्तक बनेको छ कि छैन रु पाठ्यक्रममा भएको कुरा के कसरी पाठ्यपुस्तकमा समेटिएको छ रु पाठ्यक्रममा भएको तर पाठ्यपुस्तकमा नभएको कुरा वा त्यसको ग्याप वा फासला के छ रु पाठ्यक्रममा उल्लेख गरिएको उद्देश्य कुन चाँही पाठ्यपुस्तकमा समेट्न छुटेको छ रु  शिक्षकले पत्ता लगाउन सकेका छैनन् । शिक्षक अरुले बनाएको पाठ्यक्रम र पाठ्यपुस्तक घोक्न घोकाउन व्यस्त र मस्त छ । यो कुरालाई मध्यनजर गर्दा शिक्षकले आफूमा रहेको क्षमता पहिचान गर्न नसकेको अवस्था रहेको देखिएको छ । कतिपय शिक्षकले क्षमता विकासका लागि लाग्नु पर्छ भन्ने कुराको ज्ञान भए पनि निच मारेर कोशिश नगरी बसेको अवस्था पनि छ । यो समस्या अर्को शिक्षक वर्गको आन्तरिक समस्याको रुपमा रहेकोछ ।

I Tech store

पाठ्यक्रम, पाठ्यपुस्तक अनुसार स्पेशिफिकेशन ग्रीड भए नभएको पत्तालगाउने काममा शिक्षकले ध्यान दिन सकेको छैन ।Reading is the mother of writing भन्ने गरिन्छ । अहिले शिक्षकमा अध्ययनको समस्या ठूलो छ । पढाउन पढ्नु पर्छ । सिकाउन सिक्नु पर्छ । सुनाउन सुन्नु पर्छ । नमरी स्वर्ग देखिन्न भने जस्तै नपढी  शिक्षक बन्न वा शिक्षण गर्न सकिन्न । अध्ययन नगर्ने वा कम अध्ययन गर्ने समस्या अहिलेको गुरुवर्गमा रहेको जल्दोबल्दो समस्या रहेकोछ ।

शिक्षण पेशालाई प्रमुख पेशा बनाउने भन्दा यसलाई फट्के किनाराको साक्षीको रुपमा मात्र राख्ने र शिक्षण कार्यलाई भन्दा घरायसी वा अपरिभाषित काममा ध्यान बढी दिएको देखिन्छ । ‘पाए अन्त नपाए नरे साउको जन्त’ भने जस्तो कुनै केही पेशा नपाएर यो पेशामा गएको वा अडिएका व्यक्तिहरु शिक्षक छन् भन्ने आरोप लागेको छ । शिक्षण कार्यको अलावा प्रायः अन्य काममा वा व्यवसायमा लाग्नेहरुको संख्या धेरै छ । माध्यमिक तहको शिक्षक खरिदार वा सुब्बाको नियुक्ति लिन आतुर देखिएको अवस्था विद्यमान छ । तसर्थ विद्यालय काल देखि नै को मानिसलाई वा कुन विद्यार्थीलाई साँच्चै शिक्षण पेशामा जान आवश्यक छ वा लान आवश्यक छ, पत्ता लगाई सोही क्षेत्रमा अगाडि बढाउन आवश्यकछ ।

Thuprai - Books and E-books

पाठ्यक्रम र पाठ्यपुस्तकमा के समानता छ के भिन्नता छ रु अनि तेसै गरी पाठ्यपुस्तकमा भएको विषयवस्तु वा विधि क्षेत्र वा क्रम अनुसार स्पेशिफिकेसन ग्रीड छ कि छैन प्रायः शिक्षकलाई जानकारी नै छैन । पाठ्यक्रम, पाठ्यपुस्तक र ग्रीड अनुसार प्रश्न बनेको छ कि छैन रु कुन पाठबाट कुन प्रकारको प्रश्न बनाउन सकिन्छ रु कुन विद्यार्थीले के जान्यो वा वुझ्यो वा कुन कुन सीप र क्षमता प्राप्त भयो  कुन कुन सिप र क्षमता विद्यार्थीमा छैन रु सो को तथ्यगत विवरण शिक्षक सँग छैन । परीक्षामा बनेका प्रश्नहरु मध्ये विद्यार्थीको उत्तरको आधारमा कठिनताको तह के छ रुकस्ता प्रश्नको जवाफ दिन विद्यार्थीमा जटिलता छ रु यस्ता साना साना तर महत्वपूर्ण कार्यमा समेत गुरुवर्ग पछाडि परेको, पत्ता लगाउन नसकेको र पत्ता लगाए पनि योजनावद्ध रुपमा शिक्षण गर्न नसकेको अवस्था विद्यमान छ ।

शिक्षाका कानुनमा, नीतिमा, नियममा, व्यवहारमा असमानता छ । सवै पेशाका व्यक्ति उत्पादन गर्ने पेशा शिक्षण पेशा हो । यो पेशाको पनि पेशा हो । तसर्थ यो महान पेशा हो । शिक्षण पेशा र निजामति वा जंगि पेशा जस्ता फरक क्षेत्रका पेशामा  विभेद छ । यी पेशाका विच तलव, भत्ता, सेवा, सुविधा, ग्रेड लगायतका धेरै विषयमा असमनता छ । तेति मात्र हैन , शिक्षक– शिक्षकमा विभेद छ । सत्र प्रकारका शिक्षक रहेको कुरा बजारमा चर्चामा छ । प्रकार प्रकारका शिक्षक छन् । यसरी शिक्षकहरु वीच आन्तरिक समस्या गहिरो छ । सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै शिक्षाका विविध पाटोमा भएको समस्या सवैभन्दा बढी शिक्षकलाई थाहा छ । तर शिक्षक यो कुराको बारेमा लाग्न चाहँदैन । बहस पैरवी गर्न वा  बताउन चाहँदैन । शिक्षकले विद्यालयको बारेमा, पठनपाठनको बारेमा, शैक्षिक गुणस्तरको बारेमा, विद्यार्थीको उपलव्धीस्तर सुधारको बारेमा, विद्यार्थीका समस्या के छन् र कसरी सुधार गर्ने भन्ने वारेमा भन्दा अन्य अनावश्यक र  नचाहिने कुरामा ध्यान बढी दिएको देखिन्छ । शैक्षिक विकृति र विसंगतिका बारेमा शिक्षक मौन रहेको छ । शैक्षिक समस्याका बारेमा भए गरेका कुराहरु उल्लेख गर्न, प्रकाश पार्न नचाहने अवस्था बढेको देखिएको छ ।

शिक्षा क्षेत्रका यस्ता तमाम समस्या समाधानका लागि समयक्रम सँग बहन, समयलाई साथमै लान र भविश्यका कर्णधार तयार गर्ने विद्यार्थीका लागि वास्तविक गुरु बन्न अध्ययनलाई प्रमुख प्राथमिकता दिने र आफ्नो कामलाई पहिलो स्थान दिने तथा परिभाषित काममा लाग्ने कार्य गर्न जरुरी छ । 


Original Link: 

https://edupatra.com/news/guru-and-gurutta-work/

प्रेरक प्रसँग , समयको महत्व

 

प्रेरक प्रसँग , समयको महत्व

After SEE Portal 2023

सबै मानिसले समयलाई समान महत्व दिएको हुँदैन । पाएको समयको कसैले सही सदुपयोग गर्दछन् भने कसैले दुरुपयोग गर्दछन् । कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले बुझ्दैनन् । समयको कदमलाई छलेर छल्न सकिन्न । आफ्नो कदम अनुकुल बनाउन समयलाई बुझ्नुपर्दछ ।

पैसा र समय गलत ठाउँमा लगाउनु भयो भने कहिल्यै पनि प्रगतिपथमा वढ्न सकिन्न । आज तपाईंसँग समय, शक्ति र सामाथ्र्य छ तर त्यो भोलि तपाईंलाई यसले पर्खन सक्दैन । भोलि इच्छा शक्ति भएर पनि तपाईँले केही गर्न सक्नुहुन्न । आजको समयलाई सही ठाउँमा लगानी गर्नु पर्दछ ताकि भोलि समयको साँवा सहित व्याज पनि प्राप्त गर्न सकियोस । समयको विकाससंगै तपाईंलाई मुनाफा पनि प्राप्त होस् ।

I Tech store

कुमालेले काँचो हिलो माटोलाई विभिन्न आकार दिएर जसरी सुन्दर र आकर्षक भाँडोको रुप दिन्छ । आज विद्यार्थी भाइबहिनीहरुको अवस्था त्यस्तै छ । समय हिजो भन्दा अलि फरक छ । हिजो विद्यालय पोषकमा सजिएर विद्यालय जाने ससाना नानी बाबुहरु आज मोवाईल, ल्यापटप जस्ता ग्याजेटमा अल्मलिने गरेका छन् । अहिलेको महत्वपूर्ण समय मोवाईल, ल्यापटप जस्ता ग्याजेटमा, विभिन्न गेममा र फेसबुक स्क्रोल गरी वा युट्युबमा झुण्डिएर समयको वास्ता गरिएन भने टिकटकमा भुलियो भने त्यसले हाम्रो भविष्यमा गम्भीर क्षति गर्छ । सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नु पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न । तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सवै बेलामा पुगोस ।

एक पटक एकजना विद्यार्थी आफुलाई अध्ययनमा आवश्यक पर्ने पुस्तक किन्न गए । उसलाई विश्व ईतिहासको पुस्तक चाहिएको थियो । उसले सो पुस्तक खोज्न धेरै दुःख गरे । विभिन्न पुस्तक पसलमा पुगे । आसपासमा भएका सवै पसलमा पुस्तक खोजे । पुस्तक खोज्दा खोज्दा उनी पुस्तक खोज्न छोड्ने मनसायमा पुगे । किनभने उनले धेरै पुस्तक पसलमा धेरै ठूलो एरियामा आफूलाई चाहिने पुस्तक खोजी सकेका थिए , तर पाउन सकेनन् । उनलाई एकातिर पुस्तक नपाएको झोक थियो भने अर्कोतिर थकानले हैरान र लखतरान भएका थिए । उनी विच बाटोमा एकछिन आराम गरेर बसे । एक्कासी उनको आँखा आफू बसेको सामुन्नेमा रहेको पुस्तक पसलमा पर्यो । उनले यो पुस्तक पसल अन्य पुस्तक पसल भन्दा अलि भिन्दै र फरक खालको देखे । अब यहींनेर पुस्तक पसल छ भने अन्तिम पल्ट कोशिश गरी हेरमन त भनेर त्यो पुस्तक पसलमा गए । अन्ततोगत्वा उसले आफूले लामो समय लगाएर सयौं पसलमा नपाएको उक्त विश्व ईतिहासको पुस्तक भेटाए । पुस्तक लिए पछि काउण्टरमा बसेको मानिससँग उसले पुस्तकको मोल सोधे । काउण्टर क्लर्कले उक्त पुस्तकको मुल्य पचास सेन्ट भएको बताए । उनलाई त्यो पुस्तकको मुल्य अलि महंगो लाग्यो । उसले त्यो पुस्तकको मोल अलिकलि कम गरि ४८ सेन्ट गरिदिन अनुरोध गरे तर काउटरमा बस्ने क्लर्कले सो कुरा मानेनन् । पटकपटक अनुरोध गर्दा पनि उसले त्यो पुस्तक कम मुल्यमा नपाउने भयो । त्यसपछि उसले पसलेलाई त्यो पसलको मालिक वा साहुजीलाई बोलाईदिन कर गरे । पसलेले मालिकलाई बोलाउन नसकिने कुरा गर्यो तर धेरै करकर गरेकोले साहुजीलाई बोलाउन उसलाई करै लाग्यो । काउण्टर बोईले मालिकलाई बोलाईदियो । धेरै जोडबल र जबर्जस्ती गरेपछि मात्र त्यो मानिसले पुस्तक पसलको मालिकलाई बोलाइदियो ।

Thuprai - Books and E-books

मालिक आएपछि उसले भन्यो सुन्नुहोस त यो पुस्तकको मूल्य कति होला, तपाईंको काउटरमा बस्ने काउण्टर बोईलाई ५० सेन्ट पुस्तकलाई २ सेन्ट कम गरी ४८ सेन्ट गर्नुहोस न भनेको मान्नु भएन अतिकति मिलाएर यो पुस्तकको मूल्य कति तिर्नु पर्ने हो थोरै छुट गरेर भनिदिनुस् न भन्यो । पसलको मालिकले सो पुस्तकको मुल्य ६० सेन्ट पर्छ भने पछि त्यो विद्यार्थी झनै अवाक भयो । भखैरै तपाईको कामदारले ५० सेन्ट भनेको थियो , तपाई त पसलको साहुजी हो अलिक मुल्य कम गरिदिनुहुन्छ भनेर पो हजुरलाई अनुरोध गरेको त भनेर उसले बतायो । पुस्तकको मोल तपाईले अलिकति भए पनि कम गरिदिनु होला भनेको त पुस्तकको मूल्य थपेर झन् किन ६० सेन्छ पुराउनुभयो भनि प्रश्न गरे । तपाईको कामदारले सले ५० सेन्ट भनेकोले तपाईले कम गरिदिनु हुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताबपसलका मालिकले उत्तर दिंदै भने ५० सेण्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मुल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यतिनै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहुजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मुल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने ।

आलश्यमा समय विताउनु भनेको जीन्दगी बरबाद पार्नु हो र उमेर जानु हो, काल कुर्नु हो । आजको काम भोलि भनेर टाल्नु भनेको तपाईले आफ्नो कामलाई टालेको होइन, आफ्नो भाग्य टालेकोहो । यो संसारमा त्यो धनी मानिस कोही छैन, जस्ले आफ्नो वितेको समय खरिद गर्न सकोस र संसारमा त्यो गरिब मानिस कोही छैन , जस्ले आफ्नो भाग्य बदल्न नसकोस् ।


Original link: 
https://edupatra.com/news/motivational-context-importance-of-time/

जिन्दगीको दर्शन

 

जिन्दगीको दर्शन

After SEE Portal 2023

 

जानेलाई जान देऊ, रोक्न हुँदैन !

I Tech store

नसकिने जिम्मेवारी, बोक्न हुँदैन !

उसको पो बुद्धि छैन,तिम्रो त छ नि,

Thuprai - Books and E-books

कुकुर को खुट्टा हेर! टोक्न हुँदैन !

नसोच है तिम्रो कुरा, बुझ्छन् सबैले,

जथाभावी मन–परी, खोक्न हुँदैन !

रटाई को ज्ञान भन्दा, जाति बुझेको,

हानि हो त्यो आफैलाई, घोक्न हुँदैन !

अमुल्य छ जिन्दगी यो, फेरी पाईन्न,

बाजी यसै त्यो ज्यानको, ठोक्न हुँदैन !

अलकत्रै निल्नु हुन्न, सित्तै भए नि,

आँखा चिम्ली पा’को जति, धोक्न हुँदैन !

आमा बिना संसार को, छैन औचित्य,

मुल्य माया ममताको, तोक्न हुँदैन !


Original Link: 
https://edupatra.com/news/vision-of-life/

लैंगिक विभेद

 

शिक्षामा लैंगिक विभेद

After SEE Portal 2023

व्यक्तिहरूप्रति तिनीहरूको लिङ्गको आधारमा हुने असमान व्यवहार वा प्रतिकूल व्यवहारलाई लैङ्गिक भेदभाव भनिन्छ । लिंगको आधारमा भन्नाले सामान्यतया महिला र केटीहरूलाई लक्षित गरी उनीहरुलाई प्रतिकुल वा कम अनुकूल व्यवहार गर्ने विषय लैगिक विभेद हो भन्ने मान्यता हाममा छ ।

महिला भएकै कारणले अवसर, अधिकार दिन नचाहने वा नदिने चलन विद्यमान छ । नेपालको परिवेशमा शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, राजनीति र सामाजिक अन्तरक्रिया लगायत जीवनका विभिन्न क्षेत्रमा लैङ्गिक भेदभाव हुन सक्छ ।

I Tech store

लैङ्गिक भेदभावका उदाहरणहरूः

रोजगारीः

तलब असमानता, पदोन्नतिको लागि असमान अवसरहरू, गिलास छत प्रभाव, र काम पृथकीकरण, जहाँ निश्चित पेशाहरूमा एक लिङ्गको प्रभुत्व छ ।

शिक्षाः

शैक्षिक अवसरहरू अस्वीकार गर्ने वा लैङ्गिक आधारमा शिक्षामा सीमित पहुँच, स्टिरियोटाइपिङ विषयहरूलाई “पुरुष“ वा “स्त्री“, र केटीहरूको शिक्षाको लागि स्रोतहरूको अभाव ।

Thuprai - Books and E-books

हिंसाः

घरेलु हिंसा, यौन दुर्व्यवहार, उत्पीडन, र मानव बेचबिखन सहित लैङ्गिक–आधारित हिंसा, जसले महिला र केटीहरूलाई असमान असर गर्छ ।

सामाजिक र सांस्कृतिक मापदण्डहरूः

लैङ्गिक विभेदले व्यक्तित्व विकासमा वाधा पुराउँदछ । सामाजिक विकासमा आधुनिकता वा सुधार भन्दा परम्परागत भूमिकाहरूलाई सुदृढ पार्छ र व्यक्तिहरूको छनोटलाई तथा व्यक्तिका अधिकारलाई सीमित गर्दछ, जस्तै महिलाहरू हेरचाह गर्ने वा पुरुषहरू कमाउनेहरू हुनुपर्छ भन्ने कुरामा विश्वास बढाउँछ ।

कानुनी भेदभावः

लिङ्गको आधारमा व्यक्तिहरू विरुद्ध भेदभाव गर्ने कानुनहरू, जस्तै सम्पत्ति प्राप्त गर्न, केही खेलहरूमा भाग लिन वा स्वतन्त्र निर्णयहरू गर्ने महिलाहरूको अधिकारमा प्रतिबन्धहरू।

बोलिमा भेदभावः

लिङ्गको आधारमा मानिसका बोली वचन र व्यवहारहरु फरक फरक रहेका हुन्छन् । बोल्दा महिला वा छोरीमान्छेलाई कम प्राथमिकता दिएर वा हेपेर बोल्ने गरिन्छ । ढिलै होस् छोरै होस् जस्ता भनाइ तथा उखान टुक्काहरु पनि यसका उदाहरण हो । तेस्तै छोरी मान्छेलाई हेपेर तीनवटा गोरु हल पक्का, दुइवटा श्रीमती हल पक्का जस्ता भनाइ सहजै समाजमा बोलेको सुनिन्छ ।

सारांशः

लैङ्गिक भेदभाव मानव अधिकारको उल्लङ्घन हो । यसले व्यक्तिहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्नबाट रोक्छ । यसले असमानता बढाउनृ मात्र नभइ असमानतालाई स्थायी र दीगो बनाउँछ । लैङ्गिक विभेद र विदखण्डनलाई बलियो र मजबुत बनाउँछ, । यसले सामाजिक, आर्थिक, राजनीतिक, सास्कृतिक र सभ्यताको प्रगतिमा बाधा पु¥याउँछ । लैङ्गिक भेदभाव विरुद्ध लड्ने प्रयासहरू लैङ्गिक समानतालाई बढावा दिन, गतलत परम्परालाई चुनौती दिन र सबै व्यक्तिहरूको लागि समान अधिकार र अवसरहरू सुनिश्चित गर्न सामुहिक प्रयास आवश्यक छ ।


Original Link:
https://edupatra.com/news/gender-discrimination-in-education/

विद्यालय अभिभावकको पनि हैन र ?

  विद्यालय अभिभावकको पनि हैन र ? माघ २२, २०७९    लक्ष्मण श्रेष्ठ 1.4k Shares Home is the first school and parents are the best teachers for ...