Search This Blog

Tuesday, August 25, 2020

ब्ल्याक डेथ नबनोस् कोरोना कहर Black Death and Covid-19, Corona Virus

 

ब्ल्याक डेथ नबनोस् कोरोना कहर

1.6K
Shares
Admission edusanjal

विश्वमा विभिन्न प्रकारका माहामारीले मानव सभ्यतालाई सङ्कटमा पारेको इतिहास छ । विभिन्न भाइरस तथा ब्याक्टेरियाले आक्रमण गरी मानव जातिलाई तहसनहस बनाएको पाइन्छ । सन् १३४७ देखि १३५२ सम्म एउटा माहामारीले युरोपमा लगभग २५ देखि ३० मिलिएन अर्थात् तीन करोड मानिसलाई मारेको थियो । यो माहामारीलाई ‘ब्ल्याक डेथ’ भनिन्छ । उपियाँको दुई हजार पाँच सय प्रजाति मध्ये एक प्रकारको प्रजातिबाट सरेको यो रोगले त्यस समयमा ठूलो आर्थिक, मानसिक, सामाजिक र मानवीय क्षति गरायो । हाड जोर्नी दुःख्ने, ज्वरो आउने, घाँटीको भाग र छाला कालो भई मृत्यु हुने भएकोले यसलाई ‘ब्ल्याक डेथ’ भनिएको थियो । यो रोगबाट सङ्क्रमित मध्ये दुई तिहाइको मृत्यु भएको थियो । 

यो मध्य एसियाबाट सुरु भई मङ्गोल लडाकु तथा व्यापारीको माध्यमबाट क्रिमियामा पुगेको थियो । यसमा बैसिलस ब्याक्टेरियाको प्रवाह तीव्र गतिमा भई मानिसको मृत्यु भएको थियो । खैरो रङ्गको मुसा वर्गको लोखर्केमा भएको उपियाँबाट मानिसमा आई सो उपियाँमा भएको ब्याक्टेरियाका कारण त्यतिका मानिसको ज्यान लियो । ‘ब्ल्याक सी’ मा चल्ने पानीजहाज हुँदै यो माहामारी इटालीबाट युरोपमा फैलियो । यो रोग मुसाबाट जहाजको माध्यमबाट इटाली प्रवेश गरेको थियो । यो रोग लागेको क्षेत्रका देशहरुमा ५० प्रतिशतसम्म जनसङ्ख्या मृत्युका कारण घटेको थियो । मध्ययुगिन युरोपको उक्त समयमा ठुलो समस्या आएको थियो । यो माहामारीले राज्य तथा विद्रोहीबीच पनि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको थियो । ठूला ठूला सहर तथा गाउँ परित्यक्त भएका थिए । सन् १३४७ देखि १३५२ सम्मको पाँच वर्षमा युरोप महादेशमा यस माहामारीका कारण जति मानिस मरे त्यति नै जनसङ्ख्या पुग्न युरोप महादेशमा दुई सय वर्ष लाग्यो । मृत्युका कारण काम गर्ने मानिसहरु पाइएनन् । उत्पादन ठप्प भयो । खानेकुराको अभाव भयो । सबैतिर सन्त्रास फैलियो । यसले मानव सभ्यतामा नराम्रो असर पार्‍यो । 

Courses edusanjal

सन्दर्भ वर्तमानको

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा एक जना व्यक्तिमा भएको कोरोना भाइरसको सङ्क्रमण अहिले संसारभर फैलिएको छ । आजसम्म मर्नेको सङ्ख्या झण्डै साढे ६० हजार पुग्न लागिसकेको छ । अहिलेसम्म गरिएका प्रायः सबै खोज र अनुसन्धान प्रभावकारी देखिएको छैन । हरेक दिन फलानो देशका वैज्ञानिकले कोरोना भाइरसलाई मार्ने औषधि पत्ता लगाए भन्ने सनसनीपूर्ण समाचार आउँछन् तर ती वास्तविकताभन्दा टाढा छन् । उपचार र स्वास्थ्य सुविधाको पक्ष कमजोर र निरीह छ । 

Select college / campus

नेपालको सन्दर्भमा हालसम्मको अवस्था ठिकै भए पनि भविष्यमा इटाली जस्तो नहोला भन्न सकिन्न । झाइरसको सङ्क्रमण अन्य देशबाट आएका व्यत्तिमा मात्र नभई उनीहरुको माध्यमबाट अन्य कति जनामा सरिसकेको छ ? लेखाजोखा हुनै बाँकीछ । हामी अझै गम्भिर भएका छैनौँ । यसलाई मजाकका रुपमा लिएका छौँ । गाउँगाउँ जाने, डाँडाकाँडा डुल्ने गरेको देखिएको छ । समूहमा लकडाउन सफल पारौं भन्दै व्यङ्ग्य गर्दै थुप्रै व्यक्तिसँगै उभिएर सेल्फी खिचेको फोटो सामाजिक सञ्जालमा पर्याप्त देख्न पाइन्छ । भेला, बैठक बाक्लिएको महशुस गरिएको छ । कुखुरा, खसी, बोका, राँगा भैंसी काटेर भोज गर्ने क्रम गाँउघरमा रोकिएको छैन । दसैं र तिहार एकैपटक आएजस्तो गरिएको छ । यसले एकान्त बासभन्दा पनि सामूहिकतातर्फ गएको भान भएको छ । 

गाँउबस्ती ध्वस्त हुने लक्षण देखिएको छ । एक्लै बस्न नसक्ने, वल्लाघर पल्लाघर, तल्लाघर माथ्लो घर गरेर लखर लखर हिँडिरहेका छौँ । यस्तै अवस्था कायम रहीरहने हो भने केही दिनमा भयावह परिस्थिति आउन सक्छ । यस्तो अवस्था गाँउबाटै सुरु हुने शङ्का उब्जाएको छ । भावनामा बगिरहेका छौँ । सबैलाई छकाइरहेका छौँ र काललाई निम्तो दिइरहेका छौँ । 

सरकारले दक्षिणको सबै नाकामा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बस्नु नै उत्तम उपाय हो । त्यहाँबाट भाग्न पाउनपर्छ, घर जान पाउनुपर्छ भन्ने सोचमा हामी छौँ । सबै आफ्नै देशमा बस्न पाउन पर्छ तर अहिले संसारभर रहेका नेपालीलाई स्वदेशमा फर्काउन सम्भव छैन । जो जहाँ छ त्यहाँ सुरक्षित बस्ने हो । जहाँ छौँ त्यहाँ बसेर सिर्जनशील काम गर्नुपर्दछ । घरभित्रै रमाउन सिक्नुपर्दछ ।

अहिले अमेरिका संसारमा सबैझन्दा बढी कोरोना सङ्क्रमित व्यत्ति भएको देश बनेको छ । इटालीमा लास उठाउन सकिएको छैन । आफ्नै परिवारका सदस्यहरुको मृत शरीर हेरेर बस्नुको उफाय छैन । यो समय ‘ब्ल्याक डेथ’को जस्तो होइन । यसको सङ्क्रमण दिन दुई गुणा रात चौगुणाको दरले बढेको छ । सङ्क्रमण बढेमा नियन्त्रण गर्न हाम्रो सामर्थ्य छैन । जति यसलाई नियन्त्रण गर्न सकियो भने बाँच्न पाउनेछौँ भन्ने हामी सबैले बुझ्न सक्नुपर्दछ । 

लेखक कागेश्वरी मनोहरास्थित बालविकास माध्यमिक विद्यालयका माध्यमिक शिक्षक हुन् ।

https://edupatra.com/news/black-death-don-and-39t-know-corona-kahr/

कोरोना असर कि अवसर ? Is corona affect or an opportunity?

 

कोरोना असर कि अवसर ?


लक्ष्मण श्रेष्ठ,माध्यमिक शिक्षक, श्री बालविकास माध्यमिक विद्यालय, आलापोट, काठमाण्डौँ ।

पृष्ठभूमीः सन् २०१९ को डिसेम्वरमा चीनको वुहानबाट फैलिएको कोरोना भाईरस(COVID-19)को असरले अहिले विश्व प्रताडित बनेको छ । संसारका ठूला महाशक्ति राष्ट्रले यसका अगाडि घुडा टेकेको अवस्था छ । चिनबाट शुरु भएको यो भाइरसमाथि चीनले विजय प्राप्त गरेता पनि यो समस्याले महामारीको रुपमा युरोप र अमेरिका लगायत सवैतिर तवाह मच्चाएको अवस्था विद्यमान छ । नेपाल जस्तो कमजोर स्वास्थ्य सुविधा र चिकित्सा पद्धति भएको मुलुकमा यसको रोकथामका लागी पूर्व सावधानीका उपाय अपनाउनुको विकल्प रहेको छैन । प्रकृतिमाथि विजय प्राप्त गर्ने गरि विज्ञानको चमत्कार गरेका र करोडौंको संख्याका नागरिकलाई क्वारिन्टिनमा राख्नेक्षमता भएका देशले समेत हार मानेको र दैनिक हजारौंको संख्यामा मृत्यु हुने अवस्था विद्यमान रहेकोले नेपालले सचेतता पूर्वक कदम चाल्नुको विकल्प नरहेको अवस्थामा नेपाल सरकारले संक्रमणलाई रोक्न, भाईरस प्रभावितलाई उपचार गर्न र रोग फैलन नदिन लकडाउन शुरु गरेको छ ।

जर्मन चान्सलर एन्जेला मर्केललाई यो भाईरसको संक्रमण देखिएको छ । बेलायतका राजकुमार चाल्र्सलाई यो भाईरसको संक्रमण देखिएकोछ । विश्व स्वास्थ्य संगठनले प्रकाशित गरिरहेको Novel Coronavirus (COVID-19) Situation, countries, areas or territories with cases को तथ्याङ्कले यो कति भयावह छ भन्ने देखाएको छ । यस्तो अवस्थामा हामी सवैले देशका लागि केही न केही गर्नैपर्ने अवस्था सृजना भएको छ । समस्या सँग डराएर भागेर होईन संयमता पूर्वक भावि पिढीका लागि केही न केही गर्नै पर्ने अवस्था सृजना भएको छ । नेपाल सरकारले २०७६ चैत्र ११ देखि १८ सम्म १ हप्ताको लकडाउन गरेको छ । स्थिति र अवस्थाको आधारमा यो लकडाउन २१ दिन  सम्म लम्बिन सक्ने समाचारहरु आइरहेकै छन् । त्रिभुवन विश्व विद्यालय,नेपाल संस्कृत विश्व विद्यालय, काठमाण्डौं विश्व विद्यालय, पूर्वाञ्चल विश्व विद्यालय, पोखरा विश्व विद्यालय, विभिन्न अध्ययन संस्थान, प्रतिष्ठान, परिषद्, प्राविधिक शिक्षालय, क्याम्पस, आयोगहरु लगायतका सवै शैक्षिक संस्थाहरुका नियमित पठनपाठन अवरुद्ध भएका छन् भने सवै प्रकारका परीक्षाहरु स्थगित भएका छन् । यस्तो अवस्थामा लाखौं लाखको संख्यामा रहेको विद्यार्थी तथा शिक्षण पेशाका जनशक्ति घरमै बसीरहेका छन् । आफुसँग कहिले समय नहुने शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, ईन्जिनियर, पेशा, व्यवसायीले प्रसस्त समय पाएका छन् । यो फुर्सदको समयलाई प्रभावकारी रुपमा प्रयोग गर्ने सन्यन्त्रको विकासगर्न तत्काल आवश्यक देखिएको छ ।

यो बेलामा सिकाईलाई कसरी लाने ?

विद्यालय, महाविद्यालय, क्याम्पस र विश्व विद्यालयका विभिन्न तह र कक्षामा पढ्ने विद्यार्थीहरुले अध्ययन गरेका र घरमा भएको पुस्तकहरुको पुस्तकालय बनाई पढ्ने तालिका निर्माण गर्ने र पढेका पुस्तकमा भएका कुराहरु तथा सो बाट सिकेको कुराहरु एकापसमा शेयरिङ्ग गर्ने वातावरण बनाउँदा स्वअध्ययन वढ्छ र सिकाई व्यवहारिक र दीगो हुन्छ । भएका पुस्तकहरु सवैले बाँढेर पढेमा एकै पटकमा धेरै पुस्तकहरु पढ्न सकिने मात्र नभई अरुले पढेका पुस्तकका ज्ञान समेत प्राप्त गर्न सकिन्छ । साथै माथिल्लो कक्षामा पढेका व्यक्तिले तल्लो कक्षामा पढ्नेलाई सिकाउने र कमजोर विषयमा तयारी गर्ने गराउने गर्नुपर्दछ ।

परिवारभित्रको कुन काम ? कस्ले ? कहिले ? कसरी गर्ने ? भन्ने विषयमा समय तालिका बनाएर लागू गर्ने गर्नुपर्दछ । कामको बाँडफाँड तथा अध्ययन तालिका परिवारका सदस्यहरुले देख्ने ठाउँमा टाँस्ने र त्यसको नियमित फलोअप गर्ने गराउने बानीको विकास गर्नुपर्दछ । परिवारका सदस्यहरुका असल र खराव पक्षका बारेमा लिखित वा मौखिक सल्लाह लिने र दिने, नराम्रो बानी व्यहोरा सुधारका लागि परिवारले योजना बनाई लागूगर्ने गरेमा जीवनमा धेरै सकरात्मक प्रभाव पर्दछ । अध्ययन अध्यापनका लागि वर्ष भरी गर्ने र गर्न सकिने कामको कार्ययोजना बनाई लिपिवद्ध गरेमा योजना निर्माण र प्रयोगका लागि आवश्यक क्षमताको बिकास हुन्छ। निर्माण गरिएको योजनालाई समय क्रममा राख्न लगाउने गरेमा कुन काम कुन महिनाको कुन हप्तामा गर्ने भन्ने कार्ययोजना स्पष्ट बन्दछ ।आफुलाई चाहिने चार्ट, क्यालेण्डर, वार्षिक कार्ययोजना, शैक्षिक सामग्रीको निर्माण र सुरक्षित भण्डारण गरेमा अध्ययनको पूर्वतयारी सम्पन्न हुन्छ ।

बृद्ध बृद्धाहरु भन्दा युवाहरु र युवाहरु भन्दा अहिलेका विद्यालय तहका वालबालिकाहरु कम्प्युटर, ल्यापटपको प्रयोगमा चनाखो समेत हुने भएकोले उनीहरुलाई कम्प्युटर तालिम, अनलाईन शिक्षा, आईसिटी र अन्य प्रोग्राम सिक्ने र सिकाउने विषयमा केन्द्रीत गराउनु पर्दछ । एन्रोइड मोबाईल फोनहरु, स्मार्ट फोनहमा एपस्टोर तथा प्लेस्टोरबाट विभिन्न एप्लिकेशनहरु डाउनलोड गरि शब्द भण्डार, व्याकरण, साहित्य, कथा, कविता, शब्दजाल, उखान टुक्का, विभिन्न भाषा तथा सीपहरु सिकाउनु पर्दछ ।विद्यार्थीका रुचीका विषयमा तथा उनीहरु कमजोर भएका विषयमा भिडियो कल, टेलि कन्फरेन्स, ईमेल,फोन आदिका माध्यमबाट बालवालिकाहरुलाई सबल र सक्षम बनाउने र कमजोरीहरु हटाउने काम गर्नुपर्दछ ।

विज्ञान र प्रविधिको प्रयोगगरी घरैमा बसेर कसरी सिक्न सकिन्छ भन्ने विषयमा तयारी गर्नुपर्दछ । रमाईलो वातावरणमा, मनोरन्जन र प्रतिष्पर्धालाई समेत मिसाएर घरायसी काम गराउनुपर्छ ।शिक्षाका सफ्टवेयरहरु सिक्न र सिकाउनका लागि समयको व्यवस्थापन गर्नुपर्दछ । हरेक व्यक्तिमा रहेका क्षमतालाई प्रयोग गरी ज्ञान, सीप र अवधारणालाई विकास गर्ने व्यवस्था मिलाउनु पर्छ । व्यक्तिमा रहेका कमी कमजोरी तथा दुर्वल पक्षलाई हटाउन व्यक्तिगत योजना बनाई कार्यान्वयन गर्नुपर्दछ ।

आउँदो शैक्षिक सत्रको लागि तयारी गर्ने, अघिल्लो वर्षका त्रैमासिक परीक्षाका प्रश्नहरु, वार्षिक परीक्षाका प्रश्नहरु जम्मा गरी समाधान गर्ने, नोटहरु बनाउने तथा नबुझेका कुराहरु, समाधान गर्न नसकेका विषयका जिज्ञासाहरु फोन, ईमेल, सामाजिक संजाल, युट्युव आदिबाट सिक्ने सिकाउने वातावरण बनाउनु पर्दछ।नेपालको भूगोल, इतिहास, संस्कार, सँस्कृति, अर्थतन्त्र आदिका वारेमा छलफल गराउने र जानेका कुराहरु शेयरिङ्ग गर्नु पर्दछ । अनलाईन, अफलाईन तथा भर्चुअल सिकाईलाई व्यवस्थापन गर्नुपर्दछ । घरका अभिभावक तथा बाबुआमाको प्रत्यक्ष निगरानीमा भर्चुअल समूह वा सामाजिक संजालमा कक्षा संचालन र व्यवस्थापन गरी सिक्ने सिकाउने वातावरण सृजना गर्नुपर्दछ ।कार्यमुलक अनुसन्धान, परियोजना कार्य, घटना अध्ययन जस्ता कृयाकलापमा आफु संलग्न हुने र विद्यालय उमेरका बालवालिका तथा कलेज समूहका व्यक्तिहरुलाई संलग्न गराउनु पर्दछ ।

घर वाहिर सम्भव हुने र भिडभाड नहुने तथा परीवारका सदस्यहरुवीच विभिन्न गेमहरु खेलहरु खेलाउन सकिन्छ । घरभित्रका इन्डोर गेमहरु खेलाउने र मनोरञ्जनको अवसर लिने दिने वातारवरणले विद्यार्थीमा स्फुर्ति आउँछ र मनमा कोरोना भाईरसको वारेका रहेका त्रासहरुकम हुन्छ । बाबुआमा र परिवारका अभिभावकहरुले नपढेमा बालवालिकाहरुले समेत नपढ्ने भएकोले आफुले पनि घरमा अध्ययन गर्ने बानीको विकास गर्न जरुरीछ । आफुलाई रुची भएका पुस्तकहरु वा अन्य केही नभएमा बालविालिकाहरुका अगाडि पुरानै पत्रपत्रिका, कथा वा उपन्यासका पुस्तकहरु पढ्ने गर्नुपर्दछ । उनीहरुको रुची अनुसार पिक्चर बुक, खेलकुद, गीत,सङ्गीत, टेली सिरियल, चलचित्र, भिडिओ, टेलिभिजन, समाचार आदि हेर्ने समयको व्यवस्थापन गर्नुपर्दछ । दैनिक कार्यतालिकामा रहेका कार्यसुचीका कृयाकलापहरु विहान उठे देखि सुत्ने बेलासम्मको समयको व्यवस्थापन सहजीकारण गर्ने गर्नुपर्दछ ।

स्वाईन फ्लु, डेंगु, सार्स, स्पेनिस फ्लु, हन्ता, कोरोना भाईरस आदिको तुलनात्मक अध्ययनका पक्षमा ध्यान दिनु पर्दछ । यी रोगहरुको वारेमा बास्तविकता बताईदिनु पर्दछ । यी भाईरसहरुको ईतिहास, प्रकृृति, स्वभाव यसका असर आदिका वारेमा अध्ययन गर्ने,यथार्थ पत्तालगाउने तथा वास्तविक ज्ञान लिने दिने गर्न सकिन्छ ।नोवेल कोरोना भाईरस सम्वन्धि सकरात्मक जनचेतना मूलक सन्देश दिने गर्न सकिन्छ । सतर्कताका साथ सावधानीका उपायहरुका बारेमा जानकारी लिने दिने गर्नुपर्दछ ।यसकालक्षण, सर्ने तरिका, वच्ने तरीका, पूर्व सावधानी आदिका बारेमा अनलाईन खवरहरु, फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल, धेरै सोधिने प्रश्न र यसका उत्तरका वारेमा सुचना प्रवाह गर्ने तथा गलतफहमी, अफवाहको खण्डन गर्नुपर्दछ ।कुन भाईरस कसरी सर्छ ? माध्यम के हो? आदिका बारेमा जनचेतना लिन दिन शिक्षा क्षेत्रका जनशक्ति तथा विद्यार्थीहरु बहुृृउपयोगि हुन्छ ।

स्थानीय तह, प्रादेशिक तह र संघीय तह तथा सो मातहतका शाखाहरुसँग समन्वय गरी सकरात्मक सुचना प्रवाह गर्नुपर्दछ । बाल क्लवहरु,युवा क्लवहरु, सामाजिक संघ संस्थाहरुलाई पनि यो काममा परिचालन गर्न जरुरी छ । वुढा पुस्ताभन्दा युवा पुस्ता वढि जानकार र सक्षम हुने भएकोले जनचेतनामुलक नाटक, स्टाटस, सकरात्मक कथा वाचन, कविता वाचन, साहित्यिक कार्यक्रमहरुलाई इन्टरनेट तथा सुचना संचारका अन्य माध्यमहरु प्रयोग मार्फत सचेत बनाउने काममा विद्यार्थी वर्गलाई प्रयोग गर्नसकिन्छ ।सरकारी र गैर सरकारी निकाय, एनजिओ, आईएनजिओले यस्ताकार्यहरुमा हातेमालो गर्ने वातावरण बनाउनु पर्दछ ।

अनावश्यक हल्ला र गलत अफवाहको विरुद्ध मिलेर भ्रम चिर्नु पर्छ । यो कामलाई सामुहिक कामको रुपमा विकास गर्नु गराउनु पर्दछ ।स्वास्थ्य निकायहरु, क्लिनिक, अस्पताल, नर्सिङहोम, अध्ययन संस्थाहरुलाई सहजीकरण गर्ने गराउने काममा विद्यार्थी तथा अभिभावकहरुको भूमिका वढाउनु पर्छ । विविध माध्यमबाट ज्ञान लिने, ज्ञान दिने, सुचना लिने, सुचना दिने र सचेतना फैलाउने काम गर्नुपर्छ ।

नेपाली सेना, जनपथ प्रहरी, शसश्त्र प्रहरी र सुरक्षा निकायका कामहरुलाई अनलाइन मार्फत, सोसल मिडिया मार्फत, टेलीफोन आदि विविध साधनहरुका माध्यमबाट सहजीकरण गर्ने, सही सुचना प्रवाह गर्नु गराउनु पर्दछ ।चोरी, लुटपाट, डकैती, कालाबजारी नियन्त्रणका लागि भए गरेका सामुहिक प्रयासमा हौसला दिने र आवब्यक संयन्त्र निर्माणमा सल्लाह सुझाव लिने दिने तथा सकरात्मक सहभागिता जनाउनुपर्दछ। विद्यार्थी समाज परिवर्तन र चेनताका वाहक पनि भएकोले समाज टोल र वस्तिको आशाको रुपमा रहने हुँदा उनीहरुको समय र उर्जालाई सही रुपमा प्रयोग गर्ने कामहरु गर्नुपर्दछ ।

घरका झ्याल, ढोका, खापा, छेस्किन चुकु, चौकोश, मेच, फर्निचर, आग्लो, गजवार मर्मत गर्ने,कोठाहरु रंगरोगन तथा सरसफाई गर्नेकाममा संलग्न गराउनुपर्छ । परिवारका सदस्यहरु र बालवालिकाहरुलाई घरको सरसफाई तथा अन्य काममा सँगै लगाउने गर्नुपर्छ ।रोगसँग लड्ने प्रतिरक्षा क्षमता वढ्ने खानाहरु के के हुन्? ती खानाहरु के ?कति मात्रामा? कसरी खाने?जस्ता विषयमा एकापसमा ज्ञानको प्रसार गर्ने एकापसमा हौसला लिने दिने, सकरात्मक सोचको विकासगर्ने जस्ता कामहरु गर्नुपर्छ ।
संक्रमण के हो? किन र कसरी हुन्छ?यसको समाधानको उपाय के हो? रोग प्रतिरक्षाका लागि के खाना खाने? कति मात्रामा खाने? कुनै खानेकुराहरु प्रत्युपादक त छैन? जस्ता कुराहरुमाा विचार पुराउने र सही जानकारी शेयरिङ्ग गर्नुपर्दछ । इरान लगायतका कतिपय ठाउँमा कोरोनाको उपचार रक्सि खाएर हुन्छ भन्ने गलत सुचना र जानकारीले गर्दा विशाक्त मदिरा सेवनले धेरैले जीवन गुमाएको कुरालाई उदाहरणका रुपमा लिन सकिन्छ। तसर्थ यस्ता विषयहरुमा सचेतना फैलाउनु आवश्यक छ । नमुनाको लागि,धुम्रपानले कोरोनालाई सहयोग गर्न सक्छ? कि कोरोनालाई समाप्त पार्न सक्छ?कोरोनाको संक्रमण वढ्न सक्छ ? कि घट्न सक्छ? यसबारेमा एउटा आधिकारीक आलेख हेरौं ।

Q&A on smoking and COVID-19

24 March 2020 | Q&A

Are smokers and tobacco users at higher risk of COVID-19 infection?

Smokers are likely to be more vulnerable to COVID-19 as the act of smoking means that fingers (and possibly contaminated cigarettes) are in contact with lips which increases the possibility of transmission of virus from hand to mouth. Smokers may also already have lung disease or reduced lung capacity which would greatly increase risk of serious illness.Smoking products such as water pipes often involve the sharing of mouth pieces and hoses, which could facilitate the transmission of COVID-19 in communal and social settings.Conditions that increase oxygen needs or reduce the ability of the body to use it properly will put patients at higher risk of serious lung conditions such as pneumonia.

विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको यो विषयले के कुरा स्पष्ट हुन्छ भने धुम्रपानले त कोरोनालाई वढाउने रहेछ , भने पछि यही मौकामा धुम्रपानलाई पनि छुटाउने वा कमगर्ने उपायहरु अपनाउन सकिन्छ । यसलाई अवसरका रुपमा लिई धुम्रपान, मद्यपान तथा नशालु पदार्थ, खैनी सुर्ती, गुट्खा, जाँड रक्सिको समस्यालाई दीर्घकालिन रुपमा हल गर्न सकिन्छ ।यसको बारेमा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई प्रयोग गर्न सकिन्छ ।स्नान घर, शौचालय, पानीको श्रोतहरु, मुल, ट्याङ्कि, धारा, ईन्सिनेरेशन,इनार आदि सरसफाई लगायतका घरायसी काममा बालवालिकाहरुलाई व्यस्त गर्ने गराउने काम गर्ने गर्नुपर्दछ । व्यक्तिगत सरसफाईमा संलग्न गराउन सकिन्छ ।

लकडाउन के हो? कर्फ्यू के हो ? होम आईसोलेसन के हो ? जस्ता विषयहरु तथा यसको व्यवहारिक प्रयोगका वारेमा छलफल गर्ने र सो वारेमा ज्ञान, सुचना लिने दिने गर्न सकिन्छ । अती आवश्यक वस्तु तथा सेवाहरु के के हुन्? दीर्घरोगी सदस्य परिवारमा भए औषधीको जोहो कसरी गर्ने जस्ता विषयमा प्रयोगात्मक ज्ञान दिनु पर्दछ ।
घरका कम्पाउण्डका तार–जाली, झ्यालका तारजाली, घेरावार, वाल कम्पाउण्डमर्मत, कौशी खेति, रेनवाटर हार्भेष्टिङ्ग तथा करेसावारी खनजोत आदिका कामहरु गर्न सकिन्छ । त्यस्तै फुलवारी, वगैचा, हरियाली वातारवरण, गमला व्यवस्थापन लगायत अन्य कामहरु गर्ने गराउने गरेमा मानिस व्यस्त र मस्त रहन्छ । फुटेका पाईप, विग्रेका धाराको टुटी, वाथरुमको बचेखुचेका अन्य मर्मत सम्वन्धि काम, पानी चुहिने ढलान, छत, जस्तापाता, छाना मर्मत लगायतका कामहरुमा संलग्न गराउनु पर्दछ । यो समयमा फोहोर संकलन गर्ने ट्रकहरु नआउने हुनाले फोहोर व्यवस्थापनका लागित यारी गर्ने, वकेट, खाल्डोको व्यवस्था वा संकलन गर्ने ठाउँको तयारी गर्ने आदि काममा लागेमा रोगहरुको संक्रमण पनि हुदैन घर सफा हुन्छ र समय सही र सकरात्मक काममा व्यतित हुन्छ ।

यही समयमा पाक शिक्षा सँग सम्वन्धित विभिन्न भान्साका परिकारहरु बनाउने, अचार बनाउने, खेर जाने सामानबाट पुनः प्रयोगका सामान बनाउने लुगा धुने, इस्त्रि लगाउने,जुत्तामा पालिस लगाउने ,जुत्ताको लेस बान्ने कलाहरु सिकाउने, सामान्य सिलाईका कामहरु गर्ने, टाँक घर बनाउने, खुक्केका टाँक लगाउने, छ्वाली, बाँस, बेतवास, परालका सामग्रीहरु बनाउने, चित्रहरु कोर्ने, पेन्टिङ्ग गर्ने, कागजका कामहरु, बेडलेसहरु बनाउने, टोपी तथा मोजा बनाउने, सिलाई तथा बुनाईका अन्य कामहरु गर्ने तथा अन्य जीवनोपयोगी सिपहरु सिक्ने सिकाउने गर्न सकिन्छ ।

उपसंहार
हामी सवै राज्य हौं, सरकारका पदासिन व्यक्तिहरु मात्र होईन हामी सवैको सामुहिक प्रयासबाट नै यो समस्याबाट मुक्ति पाउन सकिन्छ । सवै पेशा व्यवसायमा लागेका मानिसहरुमा क्रियाशिलता आउन जरुरी छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रका मानिसहरुको मनोबलको वृद्धि गर्ने, शान्ती सुव्यवस्था कायम गर्ने र समाजलाई उत्साह दिन अनवरत लाग्नुको विकल्प छैन । सर्वसाधरणलाई सचेत र सूचित गर्ने, उनीहरुको दिनचर्यामा मल्हम पट्टि गर्नेकाम शिक्षा क्षेत्रका व्यक्तिहरुले मात्र गर्न सक्छन् । जिन्दगीबाट हात धुनु भन्दा आफ्नै हात धुनु राम्रो हो ।तसर्थ यस बारेमा सवैमा सतर्कता, सचेतना जगाउन शिक्षा क्षेत्रका मानिस बरावर कसैले सक्दैन । व्यक्तिगत सरसफाई, उपचार पद्धति, मानसिक तन्दुरुस्ती जस्ता विषयमा शिक्षा दिनुजरुरी छ । सर्वसाधरणलाई आतंकित नहुन, भ्रमित नहुन, चिकित्सकमा उच्च मनोबल कायम राख्न हामी सवै लाग्न जरुरी छ । स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारसँग समन्वय र सहकार्य गरि परिवारका सदस्यहरु त्था क्षमता भएका व्यक्तिहरुको व्यक्तिगत प्रयासमा धेरै काम गर्न सकिन्छ । लकडाउनको यो समयको सदुपयोग गर्न सके विद्यालय, महाविद्यालय र क्याम्पस तथा विश्वविद्यालयको मात्र नभई सिंगो देशको औपचारिक तथा अनौपचारिक तथा खुल्ला शैक्षिक वातावारणमा धेरै उपलव्धी प्राप्त गर्न र क्षति कमगर्न सकिन्छ ।

स्रोतहरुः

https://experience.arcgis.com/experience/685d0ace521648f8a5beeeee1b9125cd

नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको पेसा व्यवसाय र प्रविधिका विभिन्न कक्षाका पाठ्यपुस्तकहरु

https://www.who.int/news-room/q-a-detail/q-a-on-smoking-and-covid-19

कान्तिपुर टिभी https://www.youtube.com/watch?v=XHLmCrlX9Mo

https://www.healthline.com/health-news/coronavirus-live-updates#New-Yorkers-who-have-left-city-should-self-isolate-for-14-days

https://farakdhar.com/story/26187/

https://www.ashakakiran.com/2020/03/27/7977/?fbclid=IwAR3HDOwL5CVs5Og7RnS4X1Jt8UPzEGQQPaxBQbWc_3SH5GERlqfeQctTjsk

  •  आशाका किरण, शुक्र, चैत्र १४, २०७६
  •  मा प्रकाशित लेख |

कोरोनाः सतर्कता र सावधानीबाट जित्न सकिने रोग, शैक्षिक क्षेत्रमा यसरी गरौं अवसरको सदुपयोग, Corona can be destroyed, Need to do innovative works in Education

 कोरोनाः सतर्कता र सावधानीबाट जित्न सकिने रोग, 

शैक्षिक क्षेत्रमा यसरी गरौं अवसरको सदुपयोग

संसारका हरेक व्यक्तिमा सकरात्मक र नकरात्मक भावना र सोचहरु 
रहेका छन् । हामी नेपालीहरुमा पनि यो सोच छ । तर तुलनात्मक 
रुपमा हेर्ने हो भने सकरात्मक भन्दा नकरात्मक सोच हावी भएको 
महशुश हरेक व्यक्तिले गरिरहेका छौं । 

सैद्धान्तिक ऐनामा विचारको प्रतिबिम्बन

मानिसको पचिान उसको विचारबाट हुन्छ, स्वभावबाट हुन्छ र सोच्ने 
शैलीबाट हुन्छ । राम्रो र असल सोचे मानिस असल बन्छ नराम्रो र खराब 
सोचे खराब बन्छ । त्यसैले

कोरोनाः सतर्कता र सावधानीबाट जित्न सकिने रोग, 
शैक्षिक क्षेत्रमा यसरी गरौं अवसरको सदुपयोग

भनिन्छ नि नकरात्मक सोचका साथ कुनै असल तथा राम्रो काम गरिएको छ
 भने पनि त्यसको खराव परिणाम आउँछ र सकरात्मक सोचका साथ कुनै 
अलि तुलतनात्मक खराब काम गरिएको भए पनि सही र सरल तथा सहज 
परिणाम आउँछ ।

सकारात्मक सोचले मानिसलाई असल बनाउँछ, राम्रो बनाउँछ जसबाट 
मानव सभ्यता असल र राम्रो बन्दछ । 

‘सकारात्क सोच नै मानिसको जीवनको ऊर्जा हो । बन्दुकको नालमा 
भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ’ भन्ने प्रसिद्ध भनाइले 
हामीलाई यसको महत्त्व र उपादेयता स्पष्ट पार्दछ । 

सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्ने 
हो भने जीवन र जगत राम्रो हुन्छ । हाम्रा सामाजिक, आर्थिक, राजनीतिक र
समग्र पक्षहरु सबल हुन्छन् । 

जीवन र जगतको स्वरूप नै उत्कृष्ट सुन्दर बन्दछ ।

यो हेलेन केलरको भनाईलाई हेरौं, "Keep your face to the sunshine
 and you cannot see a shadow"  हामी नराम्रो पाटो तिर बढी अभिरुचि 
राख्छौं । हामी कालो धब्बा र राँटाहरु मात्र खोज्छौं । घाम तिर नहेरेर छाँया 
तिर फर्कन्छौँ र घाममा भएको प्रकाश नदेखेर छाँया मात्र देख्छौं । 

हामी सकारात्मक सोचप्रति आकर्षित हुन गरुरी छ । नकारात्मक सोचको 
घरले गर्दा हामी हरेक क्षेत्रमा पछाडि परिरहेका छौं ।

विष्टर्न चर्चिलले भनेका छन्, ‘निरासावादी व्यक्ति हरेक अवसरमा समस्या 
देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’

यो भनाइले प्रस्ट पारेको छ, समस्या र अवसर भन्ने कुरा पनि अरू केही 
नभएर मानिसको सोचाइ मात्र हो । समस्या र समाधान एउटै सिक्काका 
दुई पाटाहरु हुन् । जहाँ समस्या त्यहाँ समाधान, यो त धु्रवसत्य कुरा हो । 

समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ तसर्थ समस्या 
आउँदा आँटिलो, साहसिलो र दर्विलो हुनु पर्छ । खुट्टा लुलो होइन, दह्रो 
बनाउनुपर्छ । डराउने होईन, भाग्ने होईन समस्याको जुझेर समाधान गर्नुपर्छ ।

सकारात्मक सोचले हामीलाई सफलताको शिखरमा पुराएरै  छाड्छ ।

"The most important thing is to try and inspire people so that they
 can be great in whatever they want to do."  Kobe Bryant को 
भनाईसँग जाने हो भने पनि हामीले थाहा पाउँछौ मानिसलाई हौसला र 
उत्साह दिनु पर्छ अनि मात्र मानिस ठूलो हुन सक्छ र उ आफु संलग्न 
भएको क्षेत्रमा सफल बन्न सक्छ ।

विचार र कल्पनालाई परिवर्तन गरेमा सवै परिवर्तन हुन सक्छ,गर्न गराउन
 सकिन्छ । तेसैले Norman Vincent Peale भन्छन्, “Change your 
thoughts and you can change your world.”

हाम्रो सन्दर्भमा

विचार भावना र कल्पना अनि योजना असल भयो भने सवै प्रकारका 
समस्या, नकरात्मक अवस्था, विपत्ती र महामारीमा पनि सकरात्मक 
नतिजा निकाल्न सकिन्छ भन्ने प्रमाण त वि.सं. २०७२ को नेपालको 
विनाशकारी भुकम्पलाई पनि लिन सकिन्छ । 

भूकम्पले क्षतविक्षत वस्तिहरु पूनः निर्माण भएका छन्, विद्यालय र 
सामाजिक क्षेत्रको तीव्र विकास भएकोछ । पहिलाको भन्दा मानवीय र 
केही मात्रामा आर्थिक क्षति भएतापनि समाजको विकासक्रममा त्यसपछि
 थोरै भएपनि सुधार र विकास भएको छ । 

नराम्रो सँगै  राम्रो, खराव सँगै असल र समस्या सँगै समाधान अएको 
हुन्छ । हामीले के हेर्ने के खोज्ने भन्ने कुरा नै प्रमुख हो । 

कोरोना भाइरसको सन्दर्भ र सतर्कताबारे

अहिले कोरोना भाइरस सम्बन्धमा व्यापक चर्चा भइरहेको छ । यसको कारण 
संसारमा हाहाकार भईरहेकोछ । अव थोरै यसको चर्चा गरौं । यो भाइरस 
सन् २०१९ कोे डिसेम्बरमा पत्ता लागेको थियो ।

जनावरबाट सर्ने यो भाइरस विभिन्न प्रकारको रहेकोमा ६ प्रकारको 
भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यो भन्दा फरक 
नयाँ प्रकारको कोरोना भाइरस फैलिएको पाईकोछ । 

छिमेकी मुलुक चीनबाट सुरु भएको यो भाइरस माथि चिनले नियन्त्रण 
गरेको बारेमा विभिन्न सामाजिक संजालमा आईसकेकोछ । बिबिसीले
 बेइजिङमा तयार गरेको रिपोर्ट अनुसार मानिसहरु बाहिर 
निस्किन थालेका छन् । 

अब त्यहाँ मानिसहरुले फेरि सामान्य दैनिकीमा फर्किन पाएकोमा खुसी 
व्यक्त पनि गरेका छन् । चिनियाँ अधिकारीहरुले पनि यो महामारी अब 
चीनमा नियन्त्रणमा आइसकेको दाबी गरेकाछन् । ‘मानिसहरु आफ्ना 
बच्चाहरु लिएर बाहिर निस्किइरहेका छन् । 

यसल चीनको माहोलमा खुसी छाएकोछ । 

बिबिसीसँग कुराकानीमा एक चिनियाँ महिलाले भनेकी छिन्, 
‘अब सबै कुरा नियन्त्रणमा आएको छ । हामी दुई महिना घरभित्र
 बस्यौँ, अब बाहिर आउन पाउँदा खुसी हुने नै भयो ।’ 

तर अहिले यसको आतंकले अहिले युरोप महादेश र अमेरिका 
लगायत संसारभर आतंक सृजना गरेकोछ । स्वास्थ्य विशेषज्ञहरुले 
यो निकै भयानक रहेको बताइरहेका छन् भने नेपालले यसमा उच्च 
सावधानी अपनाउन  सल्लाह दिएका छन् ।

कोरोना लागेको जान्ने कसरी ?

रुघाखोकी लाग्ने, ज्वरो आउने थकान हुने यसका प्रारम्भिक लक्षणहरु हुन् ।
 यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो 
सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमशः उच्च ज्वरो आउँछ, टाउको 
दुख्छ, सास फेर्न गाह्रो हुन्छ । 

कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो 
पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै 
सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

जोगिने कसरी ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र 
सतर्क रहनु नै हो । नेपालको परिवेशमा 'Prevention is better 
than cure' भन्दा असल र उत्तम बाटो हरु हुन सक्ने 
अवस्था देखिएकोछैन । 

तसर्थ रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, 
भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । 
आत्मबल बढाउने हो र समस्या भएको शंका भएको अवस्थामा 
जिकको स्वास्थ्य संस्थामा जाने र उपचार लिने हो ।

शैक्षिक सन्दर्भ र कोरोना प्रकोप

नेपाल सरकारले नेपालमा संचालन हुन लागेको कक्षा १० को 
अन्तिम परीक्षा लगायत सवै विश्व विद्यालय र प्राविधिक शिक्षालय 
लगायत लोक सेवा आयोग लगायतका सवै परीक्षाहरु स्थगित गरेकोछ । 

शैक्षिक निकायहरुमा विदा दिई वन्द गरिएको समयमा शैक्षिक क्षेत्रमा
 र खासगरि विद्यालयका धेरै कामहरु सम्पन्न गर्न सकिने अवस्था सृजना 
भएकोछ । विद्यालयमा बालवालिकाहरु आ–आफ्ना घर गाउँमा गएता 
पनि अवस्था सामान्य भएपछि सवै बालवालिकाहरु 
आफ्ना विद्यालयमा फर्कनेछन् ।

अहिले विद्यालयका बालवालिकाहरुको लागि विद्यालय बिदा 
भएपनि शिक्षक कर्मचारीहरुका लागि विदा होईन भन्ने विषय त 
काठमाडौँ महानगरपालिकाले चलानी नं. ८२३ मितिः २०७६।१२।०६ 
गतेको सुचनाले स्पष्ट पारेकोछ । 

यस्तो बेलामा शिक्षक कर्मचारीहरु राष्ट्रले खटाएको ठाउँमा 
जान पर्ने मात्र होईन अहिले भएको क्षतिलाई पूर्ति गर्न र कक्षा 
संचालन पछि के गर्ने भन्ने तयारीगर्न सबै सामुदायिक तथा निजी
 शैक्षिक संस्थाहरु लाग्न जरुरी देखिन्छ ।

शैक्षिक संस्थाहरुमा यसो गर्दा कसो होला ?

त्यसो भए यो समयमा विद्यालयहरु तथा विश्वविद्यालय तथा 
क्याम्पसहरुमा के गर्न सकिन्छ त ? 

१. समन्वयात्मक भूमिकाः

क) स्थानीय तह र सो मातहतका शाखाहरुसँग समन्वय कायम गर्ने ।
ख) क्लवहरु, सामाजिक संघ संस्थाहरु सँग मिलेर काम गर्ने ।
ग) जनचेतनामुलक कार्यक्रम, सुचना संचारको प्रयोग मार्फत सचेत बनाउने ।
घ) सरकारी र गैर सरकारी निकायका कार्यमा अनुगमन र सहजीकरण गर्ने ।
ङ) अनावश्यक हल्ला र गलत अफवाहको विरुद्ध मिलेर भ्रम चिर्ने ।
च) स्वास्थ्य निकाय र संस्थाहरुलाई सहजीकरण गर्ने ।
छ) नेपाली सेना, जनपथ प्रहरी, शसश्त्र प्रहरी र सुरक्षा निकायका कामहरुमा सहजीकरण गर्ने ।
ज) चोरी, लुटपाट, डकैती, कालाबजारी नियन्त्रणका लागि सामुहिक
 प्रयासमा सहभागि हुने ।
झ) समाज टोल  र वस्तिको आशाको रुपमा रहने र सोही बमोेजिम कामगर्ने ।
ञ) विभिन्न निकाय र विभाग तथा शाखाहरु वीचको समन्वयमा सहयोग गर्ने ।

२. विद्यालयका भौतिक पूर्वाधारहरुका कार्यहरु गर्ने

क) डेस्क वेन्च फर्निचर मर्मत र रंगरोगन गर्ने ।
ख) भm्याल, ढोका, खापा, चौकोश निर्माण मर्मत–संभार गर्ने ।
ग) छेस्किन चुकुल, आग्ला, गजवार लाग्ने बनाउने मर्मत गर्ने ।
घ) कक्षा कोठा र विद्यालयहरुको सरसफाई तथा रंगरोगन गर्ने ।
ङ) शौचालय, पानीको श्रोतहरु, मुल, ट्याङ्कि, धारा, 
ईन्सिनेरेशन आदिको कामगर्ने ।
च) तार जाली, घेरावार, वाल पर्खाल, विद्यालयको जग्गा 
सुरक्षाका कामहरु गर्ने ।
छ) फुलवारी, वगैचा, हरित विद्यालय, गमला व्यवस्थापन 
लगायत अन्य कामहरु गर्ने ।
ज) पानी चुहिने छत, जस्तापाता, छाना मर्मत लगायतका कामहरु गर्ने ।
झ) नगरपालिका, साँसद विकास कोष, प्रदेश सरकारमार्फत 
विद्यालयमा प्राप्त योजनाहरु पूरागर्ने ।
ञ) फोहोर व्यवस्थापनका लागि वकेट, खाल्डो वा 
संकलन गर्ने ठाउँको तयारी गर्ने ।
ट) विद्यालयमा बैकल्पिक उर्जाको व्यवस्थाका कामहरु सम्पन्न गर्ने ।
ठ) Science Lab, Computer lab, Language Lab, 
First Aid Room, Canteen, Waiting hall, Meeting Hall, 
Account Section, Public Relation Section, 
Suggestion and Complain Section आदिको छुट्टा छुट्टै तयारी गर्ने र व्यवस्थापन गर्ने ।

३. शैक्षिक क्षेत्रका कार्यहरु गर्ने 

क) वार्षिक कार्ययोजना निर्माण गर्ने ।
ख) वार्षिका कार्यपात्रो तयार गर्ने ।
ग) वार्षिक रुपमा प्रयोग गर्न मिल्ने शैक्षिक समग्रीको निर्माण गर्ने ।
घ) शिक्षक कर्मचारीहरुलाई ICT, Computer, Power Point 
preparation and Presentation, Google class आदिको तालिम दिने ।
ङ) शिक्षामा Science and Technology  को प्रयोगको 
वारेमा कार्यशाला चलाउने ।
च) TIP, Social Audit, SARP, LOCOS, SIP, ASIP, Emis, 
Lesson Plan, CAS, Education Software  
आदिको तयारीको काम गर्ने ।
छ) Terminal Examinations, Mid- Terms, Annual Exams, 
Practical Exams, Teachers' and Students Attendance, 
Teaching Practices, Registrations, Exam लगायतका 
कक्षा ११ र १२ तथा सम्वन्धि तहका लागि आवश्यक फारम फरमेट 
बनाउने र अन्य सम्वन्धित कार्यहरु गर्ने ।

ज) उत्तरपुस्तिका परीक्षण नतिजा तयारी, परीक्षा समिक्षा र 
विश्लेषण लगायतका कामहरु गर्ने ।
झ) विद्यालयका भौतिक, शैक्षिक तथा अन्य सुधारका लागि 
आवश्यक कामहरु गर्ने ।
ञ) सामाजिक सम्वन्ध सुधार, विद्यालयहरुका सम्वन्ध जस्ता 
विषयहरुमा योजना बनाउने ।
ट) विद्यार्थीहरुका लागि सामाजिक संजाल तथा ईन्रनेटको प्रयोगबाट 
कक्षा सञ्चालन गर्ने र उनीहरुको ज्ञान प्राप्त गर्ने शिक्षा प्राप्त गर्ने अवसरलाई 
 विस्तार गर्ने ।
ठ) अनलाईन, अफलाईन तथा भर्चुअल कक्षा र सामाजिक संजालमा अ
नुमति लिई कक्षा संचालन र व्यवस्थापन गर्ने । 
ड) कार्यमुलक अनुसन्धान, परियोजना कार्य, घटना अध्ययन जस्ता कृयाकलापमा शिक्षकहरुलाई सहभागि गराउने सो सम्वन्धि कार्यहरु गर्ने ।
ढ) विषयगत समितिहरु गठन गर्ने, समितिहरुको वार्षिक कार्ययोजना 
वनाउने र अन्तर समिति तालिमहरु संचालनगर्ने ।
ण) विद्यालयको अवस्था, शिक्षक विद्यार्थी संख्या, आर्थिक क्षमता र 
अन्य अभिलेखका आधारमा विद्यालयका क्ध्इत् ब्लबथिकष्क गर्ने ।
त) फोन , मोबाईल फोन र अन्य संचारका साधनहरुको माध्यमबाट 
अभिभावकसँग सम्पर्क समन्वय कायम राखिरहने । 
थ) वार्षिक अतिरिक्त कृयाकलापको कार्यक्रम निर्माण गर्ने ।
द) पुस्तकालयलाई अध्ययन थलोका रुपमा विकास गर्ने शिक्षकहरु 
पढ्दैनन् भन्ने कुरालई अन्त गर्न र भनाईमा रहेको वास्तविकताई चिर्न र 
अध्ययन बानीको विकासगर्न अध्ययन गर्ने र कुनै पुस्तक अध्ययन गरेपछि 
दैनिक शेयरिङ्ग तथा छलफल गराउने ।
ध) हाजिरी जवाफका लागि पाठ्यक्रम विद्यालयगत रुपमा तयार गरि 
आफ्नै विद्यालयमा हप्तामा २ पटक शिक्षक हाजिरी जवाफ 
कार्यक्रम संचालन गर्ने आदि ।

मार्ग दर्शन सहित अन्त्यमा,

संसार कोरोना भाइरसको कहरबाट गुज्रीरहेको छ र यो भयानक 
स्वास्थ्य चुनौतीसँग जुध्नका लागि यतिबेला मुलुक रक्षात्मक 
अवस्थामा उभिएको छ । 
स्वास्थ्य सुविधा  र क्षमता तथा संयन्त्र कमजोर भएको हाम्रो मुलुकलाई
 यो संकटको सामना गर्न त्यती सहज छैन । जन–चेतनाका लागि सन्देश 
प्रवाह गर्नेदेखि अन्य

सरोकारवालाहरुको आशाको केन्द्रको रुपमा 
विद्यालयका शिक्षकहरुले काम गर्नुपर्ने अवस्था आएको छ । 

जब जब देशमा संकट पैदा हुन्छ तब तब देशका शिक्षित वर्ग र
 शिक्षकहरुको नेतृत्व अकाट्य देखिएकोछ, जुनकुरा दिनको 
घाम जतिकै प्रष्ट र छर्लङ्गछ ।  सामान्य नागरिक र सर्वसाधरणमा 
भय, भ्रम र अफवाह फैलिएको छ ।

कोरोना भाइरसको चपेटामा परिने हो कि भन्ने कुराले सवैजना 
आतंकित भएकाछन् । ग्यास, चामल लगायत अन्य खाद्य वस्तुको 
अभाव हुने डरले दैनिक उपभोग्य बस्तुको संकलन
 गर्नतर्फ उपभोक्ताहरु लागेका छन् । 

आफ्नो दैनिक पेशा व्यवसाय र काम–व्यवहार छाडेर 
लाखौं सर्वसाधरण गाउँ फर्कदै छन् । सहरबाट बाहिर जाने 
व्यक्तिहरुको संख्या लाखौंको संख्यामा पुगेकोछ । शिक्षक वर्ग 
भलै मान सम्मान र इज्जतमा क्रमशः पछाडि पारिएको भएता पनि 
‘राज्यको गहना’ भएको कुरामा दुविधा छैन । 

अन्य पेशा व्यवसायमा लागेका मानिसहरु अग्रभागमा आउन 
सकिरहेका छैनन् । समाजका अन्य तह र तप्काका व्यक्ति 
व्यक्तित्वहरुलाई समेत यो महान कार्यमा लगाउने र यो कठिन
 घडिमा सँग सँगै लिएर जाने जिम्मा पनि शिक्षक वर्गकै हो । 

चिकित्सा तथा स्वास्थ्य क्षेत्रका मानिसहरुको मनोबलको वृद्धि 
गर्ने र समाजलाई उत्साह दिने काम पनि गर्ने काममा हामी चुक्नु हुन्न । 

राज्यले जसरी सर्वसाधरणलाई सचेत र सूचित गरिरहेको छ, 
यसमा शिक्षक कर्मचारी र शिक्षा क्षेत्रका मानिसहरुको पनि 
प्रमुख भूमिका हुन्छ । सरकारले भन्दा वढि काम 
यो क्षेत्रले गर्न सक्छ । 

सतर्कता, सचेतना, व्यक्तिगत सरसफाई, उपचार, 
मानसिक तन्दुरुस्ती जस्ता विषयमा शिक्षक कर्मचारी 
तथा शिक्षा क्षेत्र लाग्न जरुरीछ । सर्वसाधरणलाई आतंकित 
नहुन, भ्रमित नहुन, चिकित्सकहरुलाई उच्च मनोबल कायम 
राख्न हामी सवै लाग्न जरुरीछ । 

जो सँग राम्रो भावना छैन, सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष 
दिएर टाउकोमा हात लाएर अरुलाई सरापेर समय गुजार्छ । विद्यालयमा 
काम गर्ने शिक्षक जस्को सकारात्मक सोचछ उनीहरु भविष्यमा नेतृत्वको 
चुलीमा पुग्न सक्ने संभावना छ । 

नकारात्मक सोच भएकाहरु विद्यालय समाज र परिवारको भार बनेका 
उदाहरण हाम्रै वरिपरि स्पष्ट रुपमा देखिएका छन् । 

स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारसँग समन्वय र 
सहकार्य गरि समयको सदुपयोग गर्न सके विद्यालयको शैक्षिक 
उपलव्धीमा हुन सक्ने क्षतिलाई कमगर्न सकिन्छ । 

विद्यालय खुल्ने वित्तीकै असल शिक्षा दिन सकिन्छ । यो जटिल 
परिस्थितिलाई नेपाल सरकारको निर्देशन र नीति भित्र रही समयको 
अधिकाधिक प्रयोग गरी विद्यालयलाई अझै मजबुत बनाउने, सबल र 
सक्षम बनाउने तथा समाजमा रहेको डर, त्रास र मनोदशालाई 
कमगरी सुन्दर भविष्यका लागि वढ्न सकिन्छ । 

...

बाँयाँ कोरोना सुरक्षा र कोरोनाकालीन विद्यालय झल्कने सूच्य तस्वीर, दायाँ लेखकको तस्वीर 
लक्ष्मण श्रेष्ठ

(लेखक श्री बालविकास माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटमा कार्यरत शिक्षक हुन्)
This article was published in 
nirmansanchar.com in 2077 Chaitra 9 
(2020 March 22 Sunday)

विद्यालय अभिभावकको पनि हैन र ?

  विद्यालय अभिभावकको पनि हैन र ? माघ २२, २०७९    लक्ष्मण श्रेष्ठ 1.4k Shares Home is the first school and parents are the best teachers for ...