Search This Blog

Tuesday, August 25, 2020

लकडाउनमा विद्यार्थी के गर्दैछन् ? What are students doing in "Covid-19 lock Down?"

 

लकडाउनमा विद्यार्थी के गर्दैछन् ?

636
Shares
Admission edusanjal

लकडाउनको घोषणाले एसईई तथा कक्षा ११ र १२ का सबै परीक्षा रोकिएका छन् । नयाँ शैक्षिक सत्र २०७७ मा प्रवेश गर्न अघिल्लो वर्षको नतिजा प्रकाशन तया चालु शैक्षिक सत्रको लागि वार्षिक कार्यतालिका तथा कार्ययोजना बन्न सकेको छैन । सरकारले २०७७ वैशाख १५ गतेसम्म लकडाउनको समय थफिएको घोषणा गरेको छ । विकसित घटना क्रम र छिमेकी मुलुकको अवस्थालाई समेत मध्यनजर गर्दा र मिडियामा आएका विविध विचारलाई हेर्दा यो समय अवश्यमेय बढ्ने लक्षण छ । कोरोना संत्रमितहरु २८ देखि ३५ दिनपछिसम्म पनि भेटीरहेका छन् । १४ दिन पछि सबै निरोगी र कोरोनामुक्त हुनेछन् भन्ने अवस्था नरहेको यो बखतमा देशैभरिका विद्यार्थीहरु परीक्षा तयारीका लागि के गरिरहेका होलान्, अन्य कक्षाको पनि नियमित पठनपाठन नभएकोले ती विद्यार्थीहरु के गरिरहेका छन् भन्ने सवालमा विद्यार्थीहरुसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।  

चेतना खनाल

Courses edusanjal

सरस्वती माध्यमिक विद्यालय, धनगढी–७, कैलाली

म कक्षा १० को अन्तमा हुने एसईई परीक्षाको तयारी गरेरहेकी छु । नेपाल सरकारले लकडाउनको समय पटकपटक बढाइ वैशाख १५ गतेसम्म पुर्‍याएकोछ । पछिल्लो समयमा यो समय अझै बढाउने सम्भावना छ । विहान ५ बजे उठ्छु र बेलुका ११ बजे सुत्छु । समयतालिका बनाएर पढिरहेकी छु । समस्या परेको विषयमा टेलिफोन, मेसेन्जर र इमेलका माध्यमबाट विषय शिक्षकसँग सम्पर्क गरी समाधान गर्ने गरेकी छु । शिक्षकहरुबाट प्राप्त सल्लाहलाई मैले पालना गरेकी छु । भर्चुअल कक्षा, युट्युबमा भएका सामग्री पनि बेलाबेलामा अध्ययन गरेकी छु । 

Select college / campus

एलिजा श्रेष्ठ

सैनिक महाविद्यालय, सल्लाघारी भक्तपुर 

गत शैक्षिक सत्र २०७६ को नतिजा महाविद्यालयले चैतमा अनलाइनबाट गर्‍यो । मैले मोबाइल एप्लिकेशनबाट नतिजा हेरें । म उत्तीर्ण भएकी छु । यो वर्ष म कक्षा ७ मा पुगे । बाबाले मलाई कक्षा ७ को लागि पाठ्यक्रम दिनुभएको छ । वर्षभरि कुन विषयमा के पढ्ने भन्ने कुरा अध्ययन गरिरहेकी छु । वर्षभरिको कोर्षको तयारी सकेकी छु । फुर्सदको समयमा परिवारको नियमित काममा सहयोग गर्छु । कहिलेकाही मोबाइलमा फ्रिफायर गेम खेल्छु । मैले विद्यालयको पुस्तकालयबाट ल्याएको जर्ज ओरवेलको एनिमल फार्म पढिरहेकी छु । १९७ पेजको सानो पुस्तक पढेर सक्न लागेकी छु । यसमा प्रयोग भएका शब्दहरु अलि कठीन रहेछ । मोबाइलमा शब्दकोष डाउनलोड गरेर गाह्रो शब्दका अर्थ हेरेर पढ्ने गरेकी छु । हतासियर हुन्न, डराएर आत्तिएर हुन्न । परिवारमा सवैजना यति लामो समय बस्न पाएको कारण डर कम र आनन्द बढी महशुस गरेकी छु । 

सुकृति ढुङ्गाना

तेर्से माध्यमिक विद्यालय, मेलम्ची ६, सिन्धुपाल्चोक 

एसईई परीक्षाको लागि भनेर निरन्तर मेहनत गर्दै सोचे जस्तो गरी लेख्न सकिएला कि नसकिएला भनेर कौतुहलतासहित अन्तिम तयारीमा रहेको बखत एक्कासी परीक्षा स्थगित भएको सुनेपछि सायद अब ठुलो महाविपत्ति आएछ जस्तो लाग्यो । डर पनि निकै लाग्यो अनि सरकारले गरेको निर्णयप्रति रिस पनि उठ्यो । भोलिपल्ट सबै विद्यार्थीहरुलाई राखेर सरहरुले सबै परिस्थितिबारे कुरा बुझाएपछि म गलत रहेछु भन्ने पक्का भयो । केही दिन सम्म पढ्न मनै लागेन । अनि बिस्तारै एक दिन परीक्षा पक्कै हुन्छ । तयारीलाई त निरन्तरता दिनै पर्छ जस्तो लाग्ग्यो । पहिले जुन समय दिएर पढिन्थ्यो त्यति नभए पनि अलि अलि पढाइप्रति अग्रसर हुँदै गएँ । टिभी र इन्टरनेटबाट पढ्ने विभिन्न सामग्रीबारे जानकारी पनि पाउँदै गएँ । आफूसँग फेसबुकको एकाउन्ट भए पनि खासै चलाइन्नथ्यो । त्यसबाट पनि सरहरुले अभ्यासका लागि प्रश्नहरुको सेट पठाउने गरी मेसेन्जर ग्रुप बनाउनुभएछ । त्यसबाट अभ्यास गर्ने आधार बन्यो । टेलिभिजनबाट हरेक दिन बिहान ११ बजेदेखि आउने कक्षा पनि हेर्न थालेँ । पहिले जुन तरिकाले तयारी थियो त्यो रुपमा नभए पनि आफ्नो सिकाइ नघटोस् भनेर अध्ययनलाई जारी राखेकै छु ।

सुरेश देउबा

कपन बहुमुखी क्याम्पस, बूढानीलकण्ठ, काठमाडौं 

कोरोना भाइरसले विश्वभरमा महामारीको ठुलो रुप लिइरहेको छ । लकडाउनको समयमा म काठमाडौं उपत्यकामा छु । क्याम्पस बिदा भएको कारण कैलालीको घर जाने सोच थियो तर लक डाउनले गर्दा उपत्यकामै बसिरहेको छु । लकडाउनको समयमा आफ्नो कोठामा बसेर आफ्नो पढाइ लेखाइलाई निरन्तरता दिइरहेको छु । यसका साथै विभिन्न कार्यक्रमहरुबाट यस भाइरसको बारेमा जानकारी लिने र आफ्नो घर परिवारलाई यस भाइरसको बारेमा जानकारी दिने प्रयास गरिरहेको छु । यस लकडाउनको समयमा आफ्नो घरमा आफ्नो परिवारसँग बसेर यस भाइरसबाट आफु पनि बचौँ र अरूलाई पनि बचाऔं भन्ने सन्देश दिन चाहन्छु । 

अनिषा साह

जनआदर्श माध्यमिक विद्यालय, शिवसतासी–६, झापा

मैले नियमित कार्यतालिका बनाइ अध्ययनको कामलाई अगाडि बढाएकी छु । कक्षा ११ को परीक्षा रोकिएको कारण नियमित पढाइलाई स्वअध्ययनमा बदलेकी छु । विहान ३ घण्टा, दिउँसो ४ घण्टा र वेलुका २ घण्टा गरी नियमितरुपमा कम्तिमा ९ घण्टा अध्ययन गरिरहेकी छु । पाठ्यपुस्तकको नियमित अध्ययन गरिरहेकी छु । यसका अलावा ओल्ड इज गोल्डबाट पुराना प्रश्नहरुको सोलुसन गरिरहेकी छु । सबै विषयलाई मिलाएर समय व्यवस्थापन गरेकी छु । कक्षा र विषयसँग सम्बन्धित पुस्तक अध्ययन गरेकी छु । आजै मात्र हृदयचन्द्रसिं प्रधानको एक चिहान पढेर सकाएँ । अंग्रेजीका विभिन्न पाठका समरीहरुलाई रिभिजन गर्ने काम पनि गरिरहेकी छु । एसईई, कक्षा ११ र कक्षा १२ का देशैभरिका सम्पूर्ण साथीहरुमा यो लकडाउनको समयलाई परीक्षा तयारी तथा जीवनोपयोगी सीप सिक्ने अवसरका रुपमा प्रयोग गर्न अनुरोध गर्दछु ।

आराध्य ढुङ्गेल

सेन्ट जेभियर्स स्कुल, ललितपुर

सबै साथीहरुलाई सुरक्षित रही सुरक्षाको उपाय अवलम्बन गर्न अनुरोध गर्दछु । अहिले सबै विद्यालयहरु बन्द छन् । समय तालिकाअनुसारका सबै परीक्षाहरु पनि स्थगित छ्न । यस अवस्थामा म आफ्नो समयलाई परीक्षाको तयारी पुराना प्रश्नपत्रहरुको अभ्यास गर्दै निरन्तरता दिइरहेको छु । राष्ट्रिय परीक्षा बोर्डको र शिक्षासम्बन्धी सूचना बारे पनि जानकारी लिइरहेको छु । समाचार, पत्रपत्रिका र सामाजिक सञ्जालबाट समसामयिक घट्ना र वर्तमान अवस्थालाई नजिकबाट नियाली रहेको छु । म, मेरो भाइबहिनी, साथीहरुलाई धैर्य, संयम रही मनोबल उच्च बनाउन सल्लाह दिन चाहन्छु । सिकाइको क्रममा आफ्नो अभिभावक, दाजुभाइ, दिदिबहिनी, शिक्षक र साथीभाइसँग भाइबर, मेसेन्जर र फोनबाट छलफल गरिरहेको छु । यो लकडाउनको समयलाई सबै बिद्यार्थीहरुले आफ्नो भविष्यको योजनाबारे तयारी गर्ने र त्यसैअनुसार कार्यतालिका बनाइ यस समयलाई अवसरको रुपमा लिन सक्नुपर्दछ भन्न चाहन्छु । 

https://edupatra.com/news/what-are-students-doing-at-lockdown/

No comments:

Post a Comment

विद्यालय अभिभावकको पनि हैन र ?

  विद्यालय अभिभावकको पनि हैन र ? माघ २२, २०७९    लक्ष्मण श्रेष्ठ 1.4k Shares Home is the first school and parents are the best teachers for ...