सामुदायिक विद्यालयको स्तरोन्नतीमा महानगर प्रतिवद्ध रहेको वडाध्यक्ष रिजालको भनाई
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २८, मंगलबार

सम्पन्न काठमाडौं महानगरपालिका १६ वडाका वडाध्यक्ष मुकुन्द रिजालले शिक्षकको क्षमता बिकास गर्दै सामुदायिक विद्यालयको स्तरोन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताएका छन् ।
कामपा १६ वडास्थित शितला माविमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष रिजालले यस्तो बताएका हुन् ।
शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आवश्यक आर्थिक लगायतका सहयोग उपलब्ध गराउन महानगर प्रतिबद्ध रहेको रिजालको भनाई थियो ।
कार्यक्रममा पूर्वप्राथमिक तह पुरा गरेका १४ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यार्थीहरुले सिकाईमा अपेक्षाकृत उपलब्धी हासिल गर्न अनुशासित हुनुपर्नेमा जोड दिए ।
विद्यार्थी, विद्यालय र अभिभावकको त्रिपक्षीय समन्वयबाट मात्र विद्यालय सहज तरिकाले सञ्चालन गर्न सकिने विचार राख्दै अध्यक्ष श्रेष्ठले यसका लागि अभिभावक हर क्षण आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले आगामी वर्षको विद्यालयको नारा नै शैक्षिक गुणस्तर सुधार रहेको प्रष्ट पारे ।
पूर्व प्राथमिक तहकी इन्चार्ज विजया मिश्र, विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा उपाध्यायले मिहिनेतले नै सफलता पाइनेमा जोड दिँदै विद्यार्थीहरुलाई लगनशील भएर अघि बढ्न सुझाव दिएका थिए ।
Categorized in समाजhttps://www.samachardesk.com/ward-chairman-rijal-said-kmc-is-committed-to-uplift-the-standard-of-community-school-20230411?fbclid=IwAR3gI0y9f4jQEMlqCQxdCs-ls6DdusN9ZQ0FCXbrf6cG1J4QhzNKrCtrDHM
No comments:
Post a Comment