Search This Blog

Tuesday, April 11, 2023

शितला माध्यमिक विद्यालयमा वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

 

शितला माध्यमिक विद्यालयमा वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं १६ स्थित शितला माध्यमिक विद्यालयले आज परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा सम्पन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा न १६ वडाध्यक्ष मुकुन्द रिजाल लगायत विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्व अध्यक्ष, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।

विहान ठिक १० बजे शुरु भएको उक्त कार्यक्रम विद्यालयका शिक्षक विमला भट्ट र लेखनाथ निरौलाले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्र अ तथा सूचना अधिकारी इश्वरी अधिकारी गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका सहायक प्रधानाध्यापक अधिकारीले विद्यालयले आगामी दिनमा विद्यार्थीको सिकाइलाई प्राथमिकतामा राखेर काम गर्ने कुरा उल्लेख गर्नु भयो ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले विद्यालयको शैक्षिक विवरण प्रस्तुत गर्दै आगामी वर्षको विद्यालयको नारा नै शैक्षिक गुणस्तर सुधार रहेको प्रष्ट पार्नुभयो। विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष रामराजा उपाध्यायले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नु हुँदै निरन्तरको मिहिनेतले मात्र सफलतको सिँढी चढ्न सम्भव हुने कुरा प्रष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि मुकुन्द रिजालले शिक्षकको क्षमता बिकास गर्दै सामुदायिक विद्यालयको स्तर उन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताउनुभयो साथै शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आवश्यक आर्थिक लगायतका सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

पूर्वप्राथमिक तह पुरा गरेका १४ जना विद्यार्थीलाई दिक्षित गरिएको उक्त कार्यक्रममा पूर्व प्राथमिक तहकी इन्चार्ज विजया मिश्रले साना नानीबाबुलाई उत्प्रेरित गर्न शिशु दिक्षित कार्यक्रम राखिएको बताउनु भयो ।

कक्षा नर्सरी देखि कक्षा नौसम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ३३ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। सरसफाई तथा अतिरिक्त क्रियाकलापतर्फ पनि विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थए भने विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी मनिस ठाकुरलाई ट्रफी वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालयको प्रगतिमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारी धन्यवाद दिँदै विद्यार्थीहरुले सिकाइमा अपेक्षाकृत उपलब्धी हासिल गर्न अनुशासित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले विद्यार्थी, विद्यालय र अभिभावकको त्रिपक्षीय समन्वयबाट मात्र विद्यालय सहज तरिकाले सञ्चालन गर्न सकिने र यसका लागि अभिभावक हरक्षण आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्ने कुरामा जोड दिनुभयो।


https://www.meroangle.com/?p=3158&fbclid=IwAR2IlB6RRjPrVZ_OBNf1UCNT0Aig_WQXMuiKkctahyxw_y8aC6-smgkFy5k

No comments:

Post a Comment

विद्यालय अभिभावकको पनि हैन र ?

  विद्यालय अभिभावकको पनि हैन र ? माघ २२, २०७९    लक्ष्मण श्रेष्ठ 1.4k Shares Home is the first school and parents are the best teachers for ...