Search This Blog

Saturday, June 3, 2023

नेपालकै पहिलो कोड क्लब शितलामा, उपमेयर सुनिताद्वारा उद्घाटन

नेपालकै पहिलो कोड क्लब शितलामा, उपमेयर सुनिताद्वारा उद्घाटन

    

टोखा टाइम्स, काठमाडौँ ।  शुक्रवार काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिका वडा नं. १६,बालाजुस्थित शितला माध्यमिक विद्यालयमा कोड क्लबको उद्घाटन गर्नुभयो । यो कोड क्लब नेपालकै पहिलो बिद्यालय कोड क्लब हो ।

शितला माविमा उपप्रमुख ज्युसँगै शिक्षा विभाग प्रमुख सिताराम कोइराला, शिक्षा सल्लाहकार रेशु ढुंगाना अर्याल, आइटि विज्ञ सगुन ढुंगाना लगायतको टोलीले सो विद्यालयको बुक फ्रि फ्राइडे, शिक्षामा सिप अन्तरगत ब्युटिशियन एण्ड हेयर स्टाईल, नियमित कक्षामा भइरहेका ह्याण्डस अन अन्तरगतका अन्य कार्यहरुको अनुगमन गर्नु भएको छ।

उक्त अनुगमनमा शितला स्कुलमा स्काउट, नेपाल भाषामा सङ्गीत, चित्र बनाउने सीप तालिम लगायतको सिकाइ भएको छ भने विद्यालयमा जुरेस, इको क्लव, जर्नल पब्लिकेशन क्लव, डिआरआर क्लव, स्काउट, कोड क्लब, बाल क्लव, डिबेट क्लव लगायत १० वटा क्लवहरु संचालनमा रहेको विद्यालयका प्र.अ. लक्ष्मण श्रेष्ठले ब्रिफिङ्ग गर्नुभयो ।

वि.व्य.स अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालयमा गठित सवै क्लवहरु सक्रिय रहेकाो र ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिममा शितला मा.वि. छात्रछात्रा दुवै सहभागी रहेको उल्लेख गर्नुभयो ।

कोड क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो । यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ।

चौत्र वटा विद्यालयबाट सुरु गर्न लागिएको यो कोड क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापना गर्ने तयारी रहेको छ। उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुका साथै वेबसाईट तथा विभिन्न एप्लिकेशन बनाउने क्रियाकलापहरू सिक्नेछन्।

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोच बमोजिम, महानगरपालिकाले Digital and Beyond सँग सहकार्य गरी प्रत्येक सामुदायिक विद्यालयमा Raspberry–Pi Foundation Code Club गठन गर्ने कार्य सुरु गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले बताउनु भयो ।

सगुन ढुंगानाको भनाई अनुसार कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर CODING सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीको सिप , विद्यार्थीहरूको शैक्षिक तथा शोच विकास र आलोचनात्मक बिचारको विकासमा सहायता पुग्ने विश्वास रहेको छ ।

शितला मा.वि. र महानगरको सहकार्यमा सो विद्यालयको आफ्नै वेबसाइट निर्माण सम्पन्न भई कन्टेन्ट म्यानेजमेन्टको कार्य भइरहेको छ। जसले गर्दा सामुदायिक विद्यालयहरूको आफ्नो पहिचान अब विश्व सामु पुग्न मद्दत पुग्ने छ।

का.म.न.पा. शिक्षा विज्ञ रेसु अर्यालले शिक्षकहरूको DIGITAL LITERACY सिपमा स्तर उन्नति गर्ने उद्देश्य सहित, सबै सामुदायिक विद्यालयलाई Google Workspace for Education प्रयोगमा ल्याउने काम सुरु गरिएको बताउनु भयो ।

परिवर्तन सम्भव छ, अनि यसका लागि हामी आफै अपनत्व लिने र वाधा छिचल्दै अगाडि वढ्नुको विकल्प नरहेको शिक्षा अधिकारी सिताराम कोइरालाले बताउनुभयो । साथै वहाँले राम्रो काम र राम्रो अनुकरणीय योजना ल्याएमा शितला मा.वि.लाई सदैव साथ दिने पनि बताउनुभयो ।

महानगरपालिका उपमेयर सुनिता डंगोलले शितला मा.वि.ले पछिल्लो समयमा गरको प्रगतिबाट आफु खुसी रहेको र विद्यालयको लागि हरेक प्रकारको सहयोगगर्न तत्पर रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनमा महानगरपालिका महत्वाकाक्षी कार्यक्रमका साथ लागि परेको हुनाले सवैको साथ र सहयोगका खाँचो रहको बताउनुभयो ।

https://tokhatimes.com/archives/3038

No comments:

Post a Comment

विद्यालय अभिभावकको पनि हैन र ?

  विद्यालय अभिभावकको पनि हैन र ? माघ २२, २०७९    लक्ष्मण श्रेष्ठ 1.4k Shares Home is the first school and parents are the best teachers for ...